भरतपुर, ७ असोज ।
ग्लोबल आइएमइ बैंक बेलचोक शाखाले वित्तीय साक्षरता एवम् डिजिटल बैंकिङ कार्यक्रम गरेको छ । शुक्रबार नारायणगढमा गरिएको कार्यक्रममा बैंकका ग्राहकलाई वित्तीय साक्षरता बारे जानकारी गराइनुका साथै डिजिटल बैंकिङको प्रयोग र यसका फाइदाका बारेमा अवगत गराइएको थियो ।
शाखा प्रमुख रमेश निरौलाले कार्यक्रममार्फत सहभागीहरूसँग सहजीकरण गरेका थिए । प्रविधिको विकाससँगै डिजिटल बैंकिङ सेवा प्रति ग्राहकको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै यो किसिमको तालिमको आवश्यकता महसुस गरि कार्यक्रम गरिएको निरौलाले बताए । कार्यक्रममा बैंकका १०० बढी ग्राहक सहभागी थिए ।





