शिक्षकसँग अन्तरक्रिया गर्दै गाउँपालिकाका अध्यक्ष ओझा

बौदीकाली, ३१ साउन । बौदिकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझाले जनता आधारभूत विद्यालय नरममा शिक्षकहरूसँग अन्तरक्रिया गरेका छन् । विद्यालयमा पुगेर अध्यक्ष ओझाले विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाको बारेमा जानकारी लिएका हुन् । खस्किँदो शैक्षिक स्थितिका कारण पहाडी भेगबाट बसाइँसराइ तिव्र हुँदै गइरहेको र निकट भविष्यमा नै बौदिकालीको पहाडी भू-भाग खाली हुने दु:खद स्थिति आउने भन्दै […]
सुकुम्बासीहरुको लालपुर्जा देवचुलीबाटै बाडौं : नगरप्रमुख न्यौपाने

देवचुली, ३१ साउन । देवचुलीका सुकुम्बासीहरुलाई जग्गा धनी पुर्जा ( लालपुर्जा ) देवचुली नगरपालिकाबाट नै बाँड्न नगरप्रमुख हरिप्रसाद न्यौपानेले भूमि आयोगका पदाधिकारीहरुलाई आग्रह गरेका छन् । देवचुली नगरपालिकाद्वारा भूमि आयोग नवलपुरका पदाधिकारीहरुलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रममा सो आग्रह गरेका हुन् । सुकुम्बासीहरुको आन्दोलन भएको नगरपालिका साथै नगर कार्यपालिकाको सुकुम्बासी समस्या समाधानको लागि पहिलो प्राथमिकता भएकाले […]
यौन तथा प्रजनन अधिकारको सचेतना फैलाउँदै किशोरी

कावासोती, ३१ साउन । कावासोती नगरपालिकामा किशोरी अभियन्ताहरुले यौन तथा प्रजनन अधिकारको सचेतना फैलाउने अभियान सुरु गरेका छन् । समाजमा यौन र प्रजनन स्वास्थ्यको बारेमा खासै छलफल र बहस नहुँदा विभिन्न घटना सार्वजनिक भैरहेको छ । कावासोतीका ३५ जना किशोरी अभियन्ताहरु विद्यालय र समुदाय स्तरमा अभियान सुरु गरी खुल्ला छलफलको पहल गर्न थालेका छन् । […]
चितवनमा १९ जना कोरोना संक्रमित थपिए

भरतपुर,३१ साउन। चितवनमा पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार ५९ जनाको पिसीआर परिक्षण र २ जनाको एन्टिजेन्ट परिक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा कोरोनाको संक्रिय संक्रमितको संख्य ९० जना पुगेको छ । ती संक्रमितमध्ये पाँच जना संस्थागत आइसोलेसनमा छन् भने […]
पुस्तक विमोचनमा शालिग्रामको चर्चा

देवघाट,३१ साउन । नारायणीलाई नारायणी किन भनेको होला ? नौवटा गण्डकी मिलेपछि देवघाटभन्दा तल बग्ने नदीलाई नारायणी भनेको हामीले सुन्दै आएका छौं । तर स्वामि रंगराज आचार्यको परिभाषा फरक छ । ‘शास्त्रीय प्रमाण अनुसार जुन दिन गण्डकीको गर्भमा भगवान नारायण शालिग्रामका रुपमा बस्न थाल्नु भयो त्यही दिनबाट भक्तहरुले यीनलाई नारायणीका नामले पुज्न थाल्नु भयो’ स्वामि […]
मुद्दा मिलाई दिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ

भरतपुर,३१ साउन । मुद्दा मिलाई दिन्छु भनि रकम ठगी गरेको आरोपमा चितवन प्रहरीले एकजनालाई पक्राउ गरेका छ । चोरी मुद्दामा थुनामा रहेका व्यक्तिलाई छुटाई दिने आश्वसन दिई रकम ठगी गरेको आरोपमा प्रहरीले मंगलबार गोरखा सिरानचोक गाउँपालिका –४का दिलिप श्रेष्ठलाई पक्राउ गरेको हो । जिल्ला प्रहरीका प्रवक्त डिएसपी नरहरी अधिकारीका अनुसार गत साउन ६ गते रौतहट […]
कांग्रेसमा १० महिला केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौँ, ३१ साउन । नेपाली कांग्रेसले पार्टीका १० महिला नेत्रीलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले आज किरण यादव (महोत्तरी), राधा घले (काठमाडौँ), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ), रुक्मीणी कोइराला (मोरङ), कल्याणी रिजाल (काठमाडौँ), गोमा भट्टराई (झापा), गङ्गा शाही (रुपन्देही), लक्ष्मी खतिवडा (सुनसरी) र सीता देवकोटा (नवलपुर) […]
टानको अध्यक्षमा बाँस्तोला विजयी

काठमाडौँ, ३१ साउन । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल ९टान० को अध्यक्ष पदमा निलहरि बाँस्तोला विजयी भएका छन् । गएराति सम्पन्न टानको ४४औँ वार्षिक साधारणसभा एवं निर्वाचनबाट उनी ६१६ मतप्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी रामप्रसाद सापकोटाले २६४ मत प्राप्त गरेका हुन्। निर्वाचनमा अध्यक्षका प्रतिस्पर्धी बाँस्तोलाको प्यानल नै […]
‘अध्यादेश र विधेयक उस्तै होइन’
काठमाडौँ,साउन ३१ । नागरिकता विधेयकका सम्बन्धलाई लिएर राष्ट्रपति जस्तो संस्थामाथि आक्षेप लगाइएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा९एमाले०ले आपत्ति जनाएको छ । प्रतिनिधिसभाको आजको बैठक शुरु हुनेबित्तिकै सो दलका प्रमुख सचेतक विशाल भट्टराईले अध्यादेश र विधेयकलाई उही कोणबाट हेर्ने आफैँमा मिल्ने विषय नभएको बताए । राष्ट्रपतिले सङ्घीय संसदले पारित गरेर पठाएको नागरिकता विधेयक पुनः विचारका लागि […]
बाबुराम र वामदेव माओवादीबाटै चुनाव लड्ने

काठमाडौं, ३१ साउन । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमलाई नेकपा माओवादी केन्द्रले आफ्नो चुनाव चिन्हबाट आगामी निर्वाचनमा भाग लिन दिने निर्णय गरेको छ। माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बिहान बसेको स्थायी कमिटी बैठकले बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव नेतृत्वको नेकपा एकता अभियानलाई […]
चितवन राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गे र अर्ना विहीन

भरतपुर, ३१ साउन । वंश विस्तार र सम्भावित महामारीबाट बचाउनका लागि चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका अर्ना र बाह्रसिङ्गे बाढी र रोगले मरेर सकिएका छन् । विसं २०७३ मा १५ अर्ना र विसं २०७४ मा सात बाह्रसिङ्गे निकुञ्जमा ल्याइएको थियो । निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा खुल्ला खोर (इन्क्लोजर) निर्माण गरी राखिएका अर्नाले सात बच्चा जन्माएको थियो […]
२०७९ साउन ३१ गते मंगलबारको कायाकैरन दैनिक (E-paper)
आयोगमा दल दर्ता गर्ने आज अन्तिम दिन

काठमाडौं, ३१ साउन । निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समयसिमा आजबाट समाप्त हुँदैछ । ४ मंसिरमा हुन गईरहेको प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि आयोगले दिएको समय सिमा आजबाट समाप्त हुन लागेको हो । सिके राउत नेतृत्वको जनमत पार्टीले १ नम्बरमा राजनीतिक दल दर्ता गरेसँगै आयोगमा दर्ता हुने राजनीतिक दलको […]
सुकीलाई थप ६ वर्ष जेल सजाय

भरतपुर, ३१ साउन । सेना शासित म्यानमारको एक अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई भ्रष्टाचारका चारवटा मुद्दामा दोषी ठहर गर्दै ६ वर्षको जेल सजाय सुनाएको छ । ७७ वर्षीय नोबेल पुरस्कार विजेता सुकीलाई भ्रष्टाचारदेखि चुनाव उल्लंघनसम्मका कम्तिमा १८ वटा अपराधको अभियोग लगाइएको छ र करिब १९ वर्षको जेल सजाय तोकिएको छ । आङ सान सुकीले […]