कांग्रेसमा १० महिला केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौँ, ३१ साउन ।

नेपाली कांग्रेसले पार्टीका १० महिला नेत्रीलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले आज किरण यादव (महोत्तरी), राधा घले (काठमाडौँ), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ), रुक्मीणी कोइराला (मोरङ), कल्याणी रिजाल (काठमाडौँ), गोमा भट्टराई (झापा), गङ्गा शाही (रुपन्देही), लक्ष्मी खतिवडा (सुनसरी) र सीता देवकोटा (नवलपुर) लाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

सभापति देउवाले उनीहरुलाई पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य पदमा मनोनयन गर्नुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । रासस

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट