काठमाडौं, ३१ साउन ।
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमलाई नेकपा माओवादी केन्द्रले आफ्नो चुनाव चिन्हबाट आगामी निर्वाचनमा भाग लिन दिने निर्णय गरेको छ।
माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बिहान बसेको स्थायी कमिटी बैठकले बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव नेतृत्वको नेकपा एकता अभियानलाई आफ्नो चुनाव चिन्ह प्रयोग गर्न दिने निर्णय गरेको हो।
बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले वामदेव र बाबुरामका कतिपय सर्तहरु रहेको र त्यसबारेमा गठबन्धनमा पनि छलफल हुने जानकारी दिए। माओवादी स्थायी कमिटी बैठक बुधबार फेरि बस्ने महराले बताए।





