भरतपुर,३१ साउन ।
मुद्दा मिलाई दिन्छु भनि रकम ठगी गरेको आरोपमा चितवन प्रहरीले एकजनालाई पक्राउ गरेका छ । चोरी मुद्दामा थुनामा रहेका व्यक्तिलाई छुटाई दिने आश्वसन दिई रकम ठगी गरेको आरोपमा प्रहरीले मंगलबार गोरखा सिरानचोक गाउँपालिका –४का दिलिप श्रेष्ठलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरीका प्रवक्त डिएसपी नरहरी अधिकारीका अनुसार गत साउन ६ गते रौतहट गरूडा –५का २८ वर्षीय रुप नारायण साह सोनार मोवाईल चोरी गरेको मुद्दामा पक्राउ परेका थिए । चोरी मुद्दामा अनुसन्धानको सिलसिलामा थुनामा रहेको शाहलाई तत्काल छुटाइदिने भन्दै श्रेष्ठले साहका भाइ सुखारी साहसँग आइएमइ मार्फत बिस हजार रुपैयाँ लिएका थिए
सो नगद लिएपश्चात श्रेष्ठ सम्पर्कबिहीन बनेका थिए । चोरी मुद्धामा थुनामा रहेका साह सोमबार अदालतको आदेशले तिस हजार धरौटी छुटेपछि श्रेष्ठको बिरुद्धमा ठगी कसुरमा किटानी जाहेरी दिएको प्रवक्ता अधिकारीले बताए । सोही जाहेरीका आधारमा श्रेष्ठलाई पक्राउ गरि अदालतबाट सात दिनको म्याद थप लिई ठगी कसूरमा अनुसन्धान भइरहेको उनले बताए ।





