राप्तीमा डिप सिँचाइ बोरिङ

राप्ती, ४ असार । राप्ती नगरपालिका वडा नम्बर ५ मा डिप सिँचाइ बोरिङको शिलान्यास भएको छ । राप्ती-५ का वडा अध्यक्ष सीताराम तामाङले बोरिङको शिलान्यास गरेका हुन् । नेपाल सरकार उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जलस्रोत तथा सिँचाइ विभाग अन्तर्गत चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाबाट विनियोजित बजेटबाट बोरिङ खन्ने काम सुरु गरिएको हो । […]

सोमबार निर्वाचन गर्नेगरि जनआदर्श क्याम्पसको चौथो क्याम्पस सभा स्थगित

राप्ती, ४ असार । राप्ती-७ स्थित जनआदर्श बहुमुखी क्याम्पसको क्याम्पस सभा स्थगित भएको छ । सभा सोमबार बिहान ८ बजेसम्मलाई स्थगित गरिएको हो । समय अभाव भएको कारणले निर्वाचन गर्न नसकिएको क्याम्पसले जनाएको छ । नयाँ समिति चुन्ने प्रक्रिया सोमबारलाई सारिएको क्याम्पस सभाको उद्घाटन सत्र भने समापन भएको छ । क्याम्पस सभासद्लगायत शैक्षिक तथा राजनीतिक […]

प्रभावकारी भाषणकला तालिम सम्पन्न

कालिका, ४ असार । कालिका जेसीजको आयोजनामा प्रभावकारी भाषणकला तालिम सम्पन्न भएको छ । शनिबार सम्पन्न तालिममा ४० जना सहभागी रहेका थिए । नेपाल जेसीजका निवर्तमान राष्ट्रिय अध्यक्ष अरूणेश्वर खनालको प्रमुख अतिथि रहेको सो तालिमका प्रमुख प्रशिक्षकमा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष अर्जुन अधिकारी रहेका थिए । कार्यक्रममा कालिका जेसीजका संस्थापक अध्यक्ष नगेन्द्र तिमिल्सिना, कालिका […]

चितवनमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु

भरतपुर,४ असार । चितवनमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । माडी –७ देबेन्द्रपुरस्थित रिता रेग्मिको घरको इनार सफा गर्ने क्रममा माडी–८ मा घर रहेका २५ वर्षीय सुर्य गुरुङ र ३० वर्षीय शिव राईको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीका अनुसार आज साढे चार बजेको समयमा इनार […]

जिसस नवलपरासीपूर्वको सबै पदमा एमाले विजयी

कावासोती, ४ असार । जिल्ला समन्वय समिति नवलपरासी (पूर्व)को शनिबार सम्पन्न निर्वाचनमा नेकपा एमालेका सबै उम्मेदवार विजयी भएका छन् । शनिबार सम्पन्न निर्वाचनबाट प्रमुखमा बाबुराम विश्वकर्मा (कावासाेती), उपप्रमुखमा शकुन्तला लम्साल (कावासाेती), सदस्यहरुमा कुलप्रसाद शर्मा भुसाल (बिनयी त्रिबेणी), लीला पाैडेल ( गैंडाकोट ), लाेकनाथ अर्याल (मध्यबिन्दु), सरस्वती पाठक (देवचुली), पिनकुमारी चिताैरे मगर (बाैदीकाली ), रेनु गुराै […]

प्रयोगात्मक ज्ञानका लागि विद्यार्थीलाई नेतृत्व सहित भद्रकुमारी विद्यालयमा नमूना निर्वाचन

भरतपुर, ४ असार । विद्यार्थीहरुलाई प्रयोगात्मक ज्ञान दिने उद्देश्यले भरतपुर महानगरपालिक वडा नम्बर ५ गुलफबागस्थित श्री भद्रकुमारी राष्ट्रिय आधारभूत विद्यालयले विद्यार्थी नेतृत्व चयनकाे लागि नमूना निर्वाचन सम्पन्न गरेकाे छ । विद्यार्थीलाई निर्वाचनको बारेमा व्यवहारिक ज्ञान दिने उदेश्यले नमूना निर्वाचन गरिएको मतदान अधिकृत निशा कंडेलले बताइन् । `विद्यार्थीलाई निर्वाचनको प्रकियाबारे बुझाउन नमूना निर्वाचन कोसेढुंगा साबित भएको […]

पहिरो खसेर अवरुद्ध बनेको नारायणगढ–मुग्लिङ सडकखण्ड ६ घन्टापछि खुल्यो

भरतपुर, ४ असार । सुख्खा पहिरो खसेर अवरुद्ध बनेको नारायणगढ–मुग्लिङ सडकखण्ड भर्खरैबाट संचालनमा आएको छ । इच्छाकामना गाउँपालिका–६ चारकिलोमा शनिबार बिहान ११ बजेर ३५ मिनेटमा पहिरो खस्दा सडक दुवैतर्फ अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालयसँगको समन्वयमा इलाका प्रहरी कार्यालय मुग्लिङको नेतृत्वमा रहेको प्रहरी टोलीले अवरुद्ध भएको ६ घण्टापछि अहिले ५:३५ बजेबाट यातायात सञ्चालनमा ल्याएको […]

कुनै पनि कर्मचारीलाई दुव्र्यवहार गरिएको छैन: मन्त्री आले

काठमाडौँ, ४ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात गरेको भनी आएको समाचारको खण्डन गर्दै कुनै पनि कर्मचारीमाथि दुव्र्यवहार नभएको स्पष्ट गर्नुभएको छ । उहाँले विभिन्न सञ्चारमाध्यममा कार्यकारी अध्यक्षमाथि हातपात गरेको भनी आफूलाई जोडेर आएका समाचारप्रति आफ्नोे गम्भीर ध्यानाकर्षण भएको पनि बताउनुभएको छ । रासससँग […]

भूपिनको `मैदारो´लाई अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार, अन्य स्रस्टाहरू पनि पुरस्कृत

काठमाडौं, ४ असार । प्रसिद्ध कवि तथा आख्यानकार भूपिन सम्मानित भएका छन् । अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार- २०२१ बाट उनलाई सम्मान गरिएको हो । काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा भूपिनले आफ्नो पछिल्लो पुस्तक ‘मैदारो’ उपन्यासका लागि २ हजार १ सय अमेरिकी डलर नगद पुरस्कार, प्रमाणपत्र र अनेसासको आजीवन सदस्यताको प्रमाणपत्र प्राप्त गरे । अन्तर्राष्ट्रिय नेपाली साहित्य […]

श्रीलंकामा दुई साता विद्यालय बन्द, सरकारी कार्यलयमा कर्मचारी कटौती

चरम आर्थिक संकटबाट गुज्रिरहेकाे श्रीलंकामा दुई साता विद्यालयहरू बन्द हुने भएका छन् । पेट्रोल र डिजेलको चरम अभाव हुन थालेपछि विद्यालय बन्द हुने भएका हुन् । त्यस्तै, सरकारी कार्यलयमा ठूलो संख्यामा कर्मचारी कटौती गरिएको छ । सार्वजनिक प्रशासन मन्त्रालयले सोमबारदेखि कर्मचारी कटौती गर्न सबै विभाग, सार्वजनिक संस्था र स्थानीय तहलाई निर्देशन दिएको छ । ‘सार्वजनिक […]

धादिङमा मलामी बोकेको गाडी दुर्घटना, ११ जना घाइते

धादिङ, ४ असार । नीलकण्ठ नगरपालिका ८ मा मलामी बोकेको गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । मलामी लिएर ज्वालामुखी गाउँपालिका–३ मैदी जाँदै गरेको स्वराज गाडी दुर्घटना भएको हो । गएराति करीब १० बजे मलामी बोकेर मैदी जाँदै गरेको बा ४ ख १२२९ नम्बरको स्वराज गाडी मैदीभञ्ज्याङमा अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी […]

चितवन खबर पत्रिकाको ११ औँ वार्षिकोत्सव काठमाडौंमा सम्पन्न

काठमाडौँ, ४ असार । चितवनको सञ्चार क्षेत्रमा अग्रणी स्थान ओगट्न सफल मोफसल कै चर्चित चितवन खबर राष्ट्रिय अर्धसाप्ताहिक पत्रिकाले गौरवमय ११ औँ वार्षिकोत्सव काठमाडौँमा कार्यक्रम गरेर मनाएको छ । छापा पत्रकारिताको दुनियाँमा एक दशकदेखि अनवरतरूपमा प्रकाशनमा आएको चितवनबाट प्रकाशित पहिलो र एकमात्र रंगिन साप्ताहिक पत्रिका हो । काठमाडौंमा एक कार्यक्रमका बीच विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको […]