पहिरो खसेर अवरुद्ध बनेको नारायणगढ–मुग्लिङ सडकखण्ड ६ घन्टापछि खुल्यो

भरतपुर, ४ असार ।
सुख्खा पहिरो खसेर अवरुद्ध बनेको नारायणगढ–मुग्लिङ सडकखण्ड भर्खरैबाट संचालनमा आएको छ ।

इच्छाकामना गाउँपालिका–६ चारकिलोमा शनिबार बिहान ११ बजेर ३५ मिनेटमा पहिरो खस्दा सडक दुवैतर्फ अवरुद्ध भएको थियो ।

सडक डिभिजन कार्यालयसँगको समन्वयमा इलाका प्रहरी कार्यालय मुग्लिङको नेतृत्वमा रहेको प्रहरी टोलीले अवरुद्ध भएको ६ घण्टापछि अहिले ५:३५ बजेबाट यातायात सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट