राप्ती, ४ असार ।
राप्ती-७ स्थित जनआदर्श बहुमुखी क्याम्पसको क्याम्पस सभा स्थगित भएको छ । सभा सोमबार बिहान ८ बजेसम्मलाई स्थगित गरिएको हो । समय अभाव भएको कारणले निर्वाचन गर्न नसकिएको क्याम्पसले जनाएको छ ।
नयाँ समिति चुन्ने प्रक्रिया सोमबारलाई सारिएको क्याम्पस सभाको उद्घाटन सत्र भने समापन भएको छ । क्याम्पस सभासद्लगायत शैक्षिक तथा राजनीतिक व्यक्तिहरुको उपस्थितिमा उद्घाटन सत्र सञ्चालन भएको थियो ।
पूर्व प्रदेश मन्त्री दावा लामाको प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन गरिएको थियो । त्यस्तै पूर्व मेयर प्रभा बराल, विभिन्न पार्टीका प्रतिनिधिहरुलगायत उद्योग वाणिज्य संघका प्रतिनिधि, विभिन्न विद्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमका सभापति क्याम्पस अध्यक्ष गोविन्दप्रसाद कँडेल रहेका थिए । क्याम्पस सञ्चालन समितिका उपाध्यक्ष घनश्याम कँडेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन क्याम्पस प्रमुख खिमानन्द अर्यालले गरेका थिए ।




