कावासोती, ४ असार ।
जिल्ला समन्वय समिति नवलपरासी (पूर्व)को शनिबार सम्पन्न निर्वाचनमा नेकपा एमालेका सबै उम्मेदवार विजयी भएका छन् ।
शनिबार सम्पन्न निर्वाचनबाट प्रमुखमा बाबुराम विश्वकर्मा (कावासाेती), उपप्रमुखमा शकुन्तला लम्साल (कावासाेती), सदस्यहरुमा कुलप्रसाद शर्मा भुसाल (बिनयी त्रिबेणी), लीला पाैडेल ( गैंडाकोट ), लाेकनाथ अर्याल (मध्यबिन्दु), सरस्वती पाठक (देवचुली), पिनकुमारी चिताैरे मगर (बाैदीकाली ), रेनु गुराै थारु (मध्यबिन्दु), सम्झना सार्की (बुलिङटार) निर्वाचित भएका हुन ।
कुल ८ वटा स्थानीय तह रहेको नवलपुरमा जिल्ला समन्वय समितिको निर्वाचनका लागि १६ जना मतदाता थिए भने एमालेका उम्मेदवारहरुले ११/११ मत पाएका हुन् ।





