भरतपुर,४ असार ।
चितवनमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । माडी –७ देबेन्द्रपुरस्थित रिता रेग्मिको घरको इनार सफा गर्ने क्रममा माडी–८ मा घर रहेका २५ वर्षीय सुर्य गुरुङ र ३० वर्षीय शिव राईको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीका अनुसार आज साढे चार बजेको समयमा इनार सफा गर्न भित्र पसेका गुरुङले इनारभित्र निस्सासिएपछि हातको इशारामा सँगै रहेका राईसँग सहयोगको याचाना गरेका थिए ।
राईले कम्मरमा डोरी बानेर गुरुङलाई उद्धार गर्न इनार भित्र पस्दाखेरि डोरी चुडिएर तल खसेका थिए । माडी–८ घर रहेका दुवै इनार इनारभित्र फसेपछि उद्धारका ईलाका प्रहरी कार्यालय माडी र प्रहरी चौकी कल्याणपुरबाट प्रहरीको टोली खटिएका थिए । यद्यपी प्रहरीले समेत आफ्नो शरिरमा डोरी बाँधी इनारभित्र जान खोज्दा अक्सिजन कमी भई स्वास प्रस्वासमा असहज भएपछी स्थानिय बघौडा अस्पतालबाट अक्सिजन लाएर भित्र पस्दा दुवैजनाको मृत्यु भइसकेको थियो ।
प्रहरी, शसस्त्र र स्थानिय मानिसहरुको संक्रियतामा ईनारबाट पानी निकाली दुवै जनाको शव बाहिर निकाली घट्नास्थल तथा लाशजाँच मुचुल्का गरिएको प्रवक्ता अधिकारीले बताए ।





