यी हुन् सरकारले सिफारिस गरेका २० राजदूत

भरतपुर, २४ चैत । सरकारले २० देशका लागि राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले २० देशका लागि राजदूत सिफारिस गरेको मन्त्रिपरिषद् स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार चीनमा माओवादी कोटाबाट विष्णुपुकार श्रेष्ठ राजदूत सिफारिस भएका छन् । त्यस्तै, श्रीलंका, दक्षिण अफ्रिका र स्पेनमा पनि माओवादी कोटाबाट राजदूत सिफारिस भएका छन् […]

कँडेलले लिए राष्ट्रिय युवासंघ नेपाल गैँडाकोटको नेतृत्व

गैँडाकोट, २४ चैत । नेकपा एमाले निकट युवाहरुको संगठन राष्ट्रिय युवासंघ नेपाल गैँडाकोट नगर कमिटीको अध्यक्षमा विनोद कंडेल निर्वाचित भएका छन् । राष्ट्रिय युवासंघ नेपाल गैँडाकोट नगर कमिटीको बिहीबार सम्पन्न चौथो नगर अधिवेशनले कंडेलको अध्यक्षतामा सर्वसम्मत ५४ सदस्यीय नगर कमिटी चयन गरेको हो । विगत एकवर्षदेखि संयोजकको रुपमा काम गर्दै आएका कंडेल चौथो नगर अधिवेशनमार्फत […]

‘आहुति’ उपन्यासलाई दशरथ चन्द स्मृति पुरस्कार

भरतपुर, २४ चैत । हाम्रो सिर्जना त्रैमासिक पत्रिकाले बिहीबार नारायणगढमा आयोजना गरेको कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका पूर्वमहानिर्देशक भुवन चन्द ठकुरीद्वारा लिखित ‘आहुति’ उपन्यासलाई दशरथ चन्द स्मृति पुरस्कार समर्पण गरिएको छ । पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको छ । कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रशासक एवं लेखक सूब सेनले ठकुरीलाई दोसल्ला ओढाई सम्मानपत्र हस्तान्तरण गरी पुरस्कार समर्पण […]

नेपाली लेखक संघ चितवनको आयोजनामा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम

भरतपुर, २४ चैत । नेपाली लेखक सङ्घ चितवनको आयोजनामा नयाँ वर्ष २०७९ सालको शुभकामना आदानप्रदानसँगै रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । नारायणगढस्थित चितवन साहित्य परिषद् भवनमा भएको कार्यक्रममा सहभागी सबैले शुभकामना आदानप्रदान गरेका थिए । कार्यक्रममा जगन्नाथ पण्डित, मणिराम शर्मा काफ्ले, मित्रराज घिमिरे, भानुप्रकाश जोशी, पृथ्वीदेवी सुवेदी, कमल अर्याल, सिमरन क्षेत्री, बिपल कुमाललगायतले रचना […]

रत्ननगरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

भरतपुर,२४ चैत । चितवनको रत्ननगर नगरपालिका १० त्रिनेत्र पेट्रोल पम्प नजिक गए राति स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर–५ झुवानीका अन्दाजी ४० बर्षीय मलाहा महतो रहेका छन् । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते महतोको उपचारको क्रममा भरतपुर अस्पतालमा राती सांढे १० बजेतिर मृत्यु भएको हो । प्रहरीका अनुसार महतो सवार […]

नवनियुक्त कानुनमन्त्री बन्दीले लिए सपथ

काठमाडौं,२४ चैत । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दी ९गोविन्द प्रसाद शर्मा कोइराला० सपथ ग्रहण गरेका छन् । अपरान्ह ३ बजे नवनियुक्त मन्त्री बन्दीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका हुन् । नवनियुक्त मन्त्री बन्दीको सपथ ग्रहणमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित थिए। प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता बन्दी आजै कानुन, […]

काठमाडौंको फोहोरबाट बिजुली र ग्याँस उत्पादन गर्न सकिन्छ: प्रधानमन्त्री देउवा

काठमाडौं, २४ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको फोहोरबाट बिजुली र ग्याँस उत्पादन गर्न सकिने बताएका छन् । बिहीबार विश्व स्वास्थ्य दिवसको अवसर पारेर काठमाडौंमा आयोजित टाइफाइड बिरुद्धको खोप अभियान सञ्चालनको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले फोहोरबाट बिजुली र ग्याँस उत्पादन गरेर फोहोर व्यवस्थापन गर्नुपर्ने बताएका हुन् । उनले काठमाडौंमा फोहोर व्यवस्थापनको कुरा अत्यन्त जरुरी भइसकेको […]

गैरसांसद बन्दी कानुनमन्त्रीमा नियुक्त

काठमाडौं, २४ चैत । गैरसांसद गोविन्द बन्दी कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा नियुक्त भएका छन् । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गैरसांसद बन्दीलाई कानुनमन्त्रीमा नियुक्त गरेकी हुन् । कानुनमन्त्रीमा नियुक्त बन्दी पेसाले अधिवक्ता हुन् । उनी एकीकृत समाजवादी पार्टीको सिफारिसमा मन्त्री बनेका हुन् । मन्त्रीमा नियुक्त बन्दीले दिउँसो २ बजे पद तथा […]

पाकिस्तानमा आम निर्वाचनको मिति प्रस्ताव गर्न निर्वाचन आयोगलाई आग्रह

देशमा जारी राजनीतिक उथलपुथलका बीच पाकिस्तानको राष्ट्रपतिको सचिवालयले आम निर्वाचनका लागि मिति प्रस्ताव गर्न पाकिस्तानको निर्वाचन आयोग (इसिपी) लाई आग्रह गरेको छ । पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले ट्वीटरमा शेयर गरेको सचिवालयको अप्रिल ५ गतेको पत्रमा देशको संविधानको प्रावधान अनुसार अप्रिल ३ मा भएको राष्ट्रिय सभा विघटनको मितिदेखि नब्बे दिनभित्र आम निर्वाचन सम्पन्न गर्ने मिति प्रस्ताव […]

सेनाका ढकाललाई ‘वेष्ट रेफ्री अवार्ड’

काठमाडौँ, २४ चैत । नेपाली सेनाका तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक(रेफ्री) दीपेन्द्र ढकाल ‘रोयल स्पेनिस इन्टरनेशनल ओपन तेक्वान्दो प्रतियोगिता २०२२’ मा वेष्ट निर्णयक घोषित भएका छन् । यही चैत १८ देखि २० गतेसम्म स्पेनको एलिकान्टेमा भएको विश्व वरियता जीटु तेक्वान्दो च्याम्पियनसीप’मा उनले वेष्ट रेफ्री बन्न सफल भएका हुन्। विश्वका ७९ देशका एक हजार बढी खेलाडीबीच प्रतिस्पर्धा […]

सर्लाहीमा गोली प्रहार गरी एक जनाको हत्या

सर्लाही,२४ चैत । सर्लाही सदरमुकाम मलंगवामा गोली हानेर एक पुरुषको हत्या गरिएको छ । बुधबार साँझ मलंगवा नगरपालिका ९, कृष्णामती विद्यालय पछाडि गोली चलेको हो । लगतै घटनास्थल पुगेको प्रहरी टोलीले एक पुरुषको घाइते अवस्थामा उद्धार गरेको थियो । गोली लागेर गम्भीर घाइते भएका भारतको सोनबर्सास्थित विष्णुपुर नगरनिगमका ३५ वर्षीय इन्दल महतोको मलंगवास्थित अस्पतालमा मृत्यु […]