भरतपुर, २४ चैत ।
नेपाली लेखक सङ्घ चितवनको आयोजनामा नयाँ वर्ष २०७९ सालको शुभकामना आदानप्रदानसँगै रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।
नारायणगढस्थित चितवन साहित्य परिषद् भवनमा भएको कार्यक्रममा सहभागी सबैले शुभकामना आदानप्रदान गरेका थिए । कार्यक्रममा जगन्नाथ पण्डित, मणिराम शर्मा काफ्ले, मित्रराज घिमिरे, भानुप्रकाश जोशी, पृथ्वीदेवी सुवेदी, कमल अर्याल, सिमरन क्षेत्री, बिपल कुमाललगायतले रचना सुनाएका थिए ।
कार्यक्रममा संघको केन्द्रीय सदस्य पदमा निर्वाचित भएका नेपाली लेखक संघ चितवन शाखाका अध्यक्ष सुरेन्द्र अस्तफललाई सम्मान गरिएको थियो । प्रमुख अतिथि केदारनाथ खनालले निर्वाचित केन्द्रीय सदस्य अस्तफललाई टीका र खादा लगाएर सम्मान गरेका थिए ।
कार्यक्रममा नेपाली लेखक संघ चितवन शाखाले प्रकाशन गरेको नयाँ वर्ष २०७९ को भित्तेपात्रो पनि सार्वजनिक गरिएको थियो । कार्यक्रममा जिल्लाका वरिष्ठ कवि एवम् गीतकार प्रेमविनोद नन्दनको सुस्वास्थ्यको कामना गर्दै साहित्यिक क्रियाशीलताको कामना गरिएको थियो ।





