भरतपुर, २४ चैत ।
सरकारले २० देशका लागि राजदूत सिफारिस गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले २० देशका लागि राजदूत सिफारिस गरेको मन्त्रिपरिषद् स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार चीनमा माओवादी कोटाबाट विष्णुपुकार श्रेष्ठ राजदूत सिफारिस भएका छन् । त्यस्तै, श्रीलंका, दक्षिण अफ्रिका र स्पेनमा पनि माओवादी कोटाबाट राजदूत सिफारिस भएका छन् । दक्षिण अफ्रिकामा माओवादी कोटाबाट दानबहादुर तामाङ राजदूत सिफारिस भएका छन् ।
त्यस्तै, परराष्ट्र कर्मचारीबाट सहसचिव दुर्गाबहादुर सुबेदी (दुबसु) जापानका लागि राजदूत तय भएका छन् ।
राजनीतिक दलबाट १२ र परराष्ट्र कर्मचारीबाट ८ जनाको नाम राजदूतमा सिफारिस भएको हो ।
सरकारले सिफारिस गरेका राजदूतहरुको संसदीय सुनुवाइ सकिएपछि राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था रहेको छ ।
को को भए राजदूत सिफारिस ?
बिष्णुपुकार श्रेष्ठ- चीन
बासुदेव मिश्र- श्रीलंका
दानबहादुर तामाङ- दक्षिण अफ्रिका
शर्मिला पराजुली ढकाल- स्पेन
मिलन तुलाधर- रूस
डिल्लीराज पौडेल- मलेसिया
शान्ता रिजाल -इजरायल
नवराज सुवेदी- साउदी
घनश्याम बन्जाडे- बंगलादेश
दुर्गाबहादुर सुवेदी -जापान
निर्मलराज काफ्ले- ब्राजिल
भरतकुमार रेग्मी- अष्ट्रिया
सुशीलकुमार लम्साल – इजिप्ट
कैलाश पोखरेल- अष्ट्रेलिया
डिल्लीराज पौडेल- कतार
ज्योति प्याकुरेल -दक्षिण कोरिया
रामसुरज राय यादव- डेनमार्क
डोरनाथ अर्याल
हरिशचन्द्र घिमिरे
तीर्थराज वाग्ले




