गैँडाकोट, २४ चैत ।
नेकपा एमाले निकट युवाहरुको संगठन राष्ट्रिय युवासंघ नेपाल गैँडाकोट नगर कमिटीको अध्यक्षमा विनोद कंडेल निर्वाचित भएका छन् । राष्ट्रिय युवासंघ नेपाल गैँडाकोट नगर कमिटीको बिहीबार सम्पन्न चौथो नगर अधिवेशनले कंडेलको अध्यक्षतामा सर्वसम्मत ५४ सदस्यीय नगर कमिटी चयन गरेको हो ।
विगत एकवर्षदेखि संयोजकको रुपमा काम गर्दै आएका कंडेल चौथो नगर अधिवेशनमार्फत सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन् । नगर कमिटीको उपाध्यक्षमा सुमन गैरे, सचिवमा अर्जुन पराजुली र कोषाध्यक्षमा अम्विका ओझा रहेका छन् ।
अध्यक्षमा निर्वाचित भएपछि पत्रकारसँग कुरागर्दै नवनिर्वाचित अध्यक्ष कंडेलले स्थानीय निकायको चुनावमा एमालेलाई पहिलो बनाउन आफूहरु लागि पर्ने बताए । `पूर्णकमिटी तयार नहुँदा युुवाहरु एक हुन समस्या थियो´, कंडेलले भने – `अवको ३५ दिन हाम्रा लागि अग्निपरिक्षा हो ।´
कमिटीमा आवद्ध सबै युवाहरुको पूरै शक्ति निर्वाचनमा होमिने उनले बताए।





