गैरसांसद बन्दी कानुनमन्त्रीमा नियुक्त

काठमाडौं, २४ चैत ।

गैरसांसद गोविन्द बन्दी कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा नियुक्त भएका छन् ।

बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गैरसांसद बन्दीलाई कानुनमन्त्रीमा नियुक्त गरेकी हुन् । कानुनमन्त्रीमा नियुक्त बन्दी पेसाले अधिवक्ता हुन् । उनी एकीकृत समाजवादी पार्टीको सिफारिसमा मन्त्री बनेका हुन् ।

मन्त्रीमा नियुक्त बन्दीले दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ । संविधानको धारा ७८ अनुसार प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले बन्दीलाई मन्त्रीमा नियुक्त गरेकी हुन्।

६ महिनाभित्र संघीय संंसदको सदस्यता प्राप्त गर्न नसके उनको मन्त्री पद स्वतः गुम्नेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट