‘आहुति’ उपन्यासलाई दशरथ चन्द स्मृति पुरस्कार

भरतपुर, २४ चैत ।
हाम्रो सिर्जना त्रैमासिक पत्रिकाले बिहीबार नारायणगढमा आयोजना गरेको कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका पूर्वमहानिर्देशक भुवन चन्द ठकुरीद्वारा लिखित ‘आहुति’ उपन्यासलाई दशरथ चन्द स्मृति पुरस्कार समर्पण गरिएको छ । पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रशासक एवं लेखक सूब सेनले ठकुरीलाई दोसल्ला ओढाई सम्मानपत्र हस्तान्तरण गरी पुरस्कार समर्पण गरेका हुन् । लेखक ठकुरीले राणा शासनविरुद्ध सक्रिय रहेका बेला काठमाडौँमा मारिएका चार शहीदमध्ये दशरथ चन्दको जीवनीमा आधारित भएर ‘आहुति’ उपन्यास लेखेको बताए । पुरस्कारले आफूलाई हौसला थपिएको उनले बताए । पुरस्कृत कृति ‘आहुति’बारे साहित्यकार यमुना न्यौपानेले बोलेका थिए ।

दशरथ चन्द स्मृति पुरस्कार समर्पण एवं कृतिहरुको घुम्टीखोली कार्यक्रममा हाम्रो सिर्जना त्रैमासिकद्वारा प्रकाशित दुई कृति सूब सेनद्वारा लिखित ‘शिखर’ उपन्यास र अरुणकुमार ढुंगानाद्वारा लिखित लेखसंग्रह ‘विचार र अनुभवको फ्युजन’ सार्वजनिक गरिएको थियो । कार्यक्रमका विशेष अतिथि कवि गोविन्दराज विनोदीले सेनको उपन्यास ‘शिखर’को विमोचन गरेका हुन् । ढुंगानाको पुस्तक भने प्रमुख अतिथि सेनले सार्वजनिक गरे ।

‘शिखर’ माथि शिक्षाविद् रमाकान्त सापकोटा र ‘विचार र अनुभवको फ्युजन’माथि चितवन साहित्य परिषद्का पूर्वअध्यक्ष केदारनाथ खनालले समीक्षात्मक टिप्पणी गरेका थिए ।

हाम्रो सिर्जना त्रैमासिक पत्रिकाका प्रधान सम्पादक प्राडा गणेशप्रसाद खरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रिकाका सम्पादक/प्रकाशक डीआर पोखरेलले स्वागत मन्तव्य राखेका थिए भने व्यवस्थापक बाबुराम पाण्डेले स्वागत कविता सुनाएका थिए ।
कार्यक्रममा हाम्रो सिर्जना त्रैमासिकका सहयोगदाता नारायणसिंह कुँवर र तेजबहादुर कार्कीसहित आजीवन सदस्य र संचालक समिति सदस्यलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट