नवनियुक्त कानुनमन्त्री बन्दीले लिए सपथ

काठमाडौं,२४ चैत ।

नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दी ९गोविन्द प्रसाद शर्मा कोइराला० सपथ ग्रहण गरेका छन् । अपरान्ह ३ बजे नवनियुक्त मन्त्री बन्दीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका हुन् । नवनियुक्त मन्त्री बन्दीको सपथ ग्रहणमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित थिए।

प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता बन्दी आजै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनाएका थिए । प्रधानमन्त्री देउवाले गैरसांसद बन्दीलाई मन्त्री बनाएका हुन् । उनले एमसीसी पारित गर्ने बेलामा व्याख्यात्मक घोषणाको मस्यौदा तयार गर्नमा भूमिका खेलेका थिए ।

यसैबीच हाल कानुन मन्त्री रहेका दिलेन्द्र प्रसाद बडूको मन्त्रालय परिवर्तन भएको छ । उनलाई देउवाले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट