सेनाका ढकाललाई ‘वेष्ट रेफ्री अवार्ड’

काठमाडौँ, २४ चैत ।

नेपाली सेनाका तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक(रेफ्री) दीपेन्द्र ढकाल ‘रोयल स्पेनिस इन्टरनेशनल ओपन तेक्वान्दो प्रतियोगिता २०२२’ मा वेष्ट निर्णयक घोषित भएका छन् ।

यही चैत १८ देखि २० गतेसम्म स्पेनको एलिकान्टेमा भएको विश्व वरियता जीटु तेक्वान्दो च्याम्पियनसीप’मा उनले वेष्ट रेफ्री बन्न सफल भएका हुन्। विश्वका ७९ देशका एक हजार बढी खेलाडीबीच प्रतिस्पर्धा भएको उक्त प्रतियोगिताका लागि ६५ भन्दा बढी मुलुकका निर्णयक सहभागी थिए ।
(रेफ्री) मध्ये उनी उत्कृष्ट घोषित हुन सफल भएका थिए । यसअघि बेल्जियम, फ्रान्स र पाकिस्तानमा भएका अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि ढकाल निर्णायक थिए ।रासस

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट