मुना पढेर सिर्जनशील बन्दै त्रिमुर्तिका विद्यार्थी

गैंडाकोट, २९ मंसिर । त्रिमूर्ति विद्या मन्दिर गैंडाकोटका विद्यार्थीहरूले सिर्जनात्मक क्रियाकलाप अन्तर्गत कविता कथा लेखन र चित्र कोर्ने अभ्यास थालेका छन् । उनीहरूले बालपत्रिका मुनामा समावेश भएका सामग्रीहरू अध्ययन गरेर त्यसैलाई पछ्याउँदै आफैले सिर्जना गर्न लागेका हुन् । विद्यालयमा नेपाली बिषय अध्यापन गराउने शिक्षक खेमराज जोशीले अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीलाई मुना बालपत्रिका पढ्न अनुरोध गर्दै […]
पीएम कप महिला क्रिकेट : वाग्मती प्रदेश छनौटको फाइनलमा काठमाडौँ र ललितपुर भिड्ने

काठमाडौँ, २८ मंसिर । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता २०७८ को वाग्मती प्रदेश अन्तर्गतको छनौट प्रतियोगिताको फाइनलमा काठमाडौँ र ललितपुर भिड्ने भएका छन् । लिग चरणको अन्तिम खेलमा चितवनलाई काठमाडौँले ८८ रनले पराजित गरेपछि ललितपुरलाई फाइनल खेल्ने बाटो खुलेको हो । मुलपानी क्रिकेट मैदानमा १५० रनको लक्ष्य पछ्याउन उत्रिएको चितवनले पूरा २० ओभरमा ८ […]
चितवन हिमाल डेन्टलले दन्त शिविर गर्दै

भरतपुर, २८ मंसिर । चितवन हिमाल डेन्टल प्रालिले १८औं वार्षिकोत्सवको अवसर पारेर १५ दिने दन्त शिविर सञ्चालन गर्ने भएको छ । पुस १ गतेदेखि १५ गतेसम्म शिविर सञ्चालन गरिने सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । शिविरमा चितवन हिमाल डेन्टल प्रालिले दिने सबैखाले सेवामा ३० प्रतिशत छुटको व्यवस्था रहेको सञ्चालक रञ्जिता अधिकारीले बताइन् । […]
माडीमा कृषि बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम

माडी, २८ मंसिर । माडीमा घुम्ती बीमा अन्तर्गत कृषि तथा पशुपन्छी बीमा सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एनएलजी इन्स्योरेन्स कम्पनीको आयोजनामा कम्पनीका क्षेत्रीय प्रमुख भरत मल्लको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा माडी नगरपालिका- २ का वडाअध्यक्ष ईश्वरीप्रसाद ढकाल प्रमुख आतिथि थिए । मध्यवर्ती वन उपभोक्ता समितिका अध्यक्ष नारायण दत्त […]
पैसा मोलमोलाई गरेको आरोपमा सिआइवीका सई पक्राउ

काठमाडौँ, २८ मङ्सिर । गम्भीर प्रकृतिका विभिन्न घटनाको सुक्ष्म अनुसन्धान गरी निष्कर्षमा पु¥याउने महत्वपूर्ण जिम्मेवारी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को हो । अन्य तथा मातहतकै निकायले अनुसन्धान गर्न नसकेका मुद्दाको कारण पत्ता लगाउनसमेत सिआइवीमाथि भरोसा गरिएको हुन्छ । तर त्यसरी अनुसन्धान गर्ने सरकारको भरपर्दो निकाय सिआइवीका एक प्रहरी कर्मचारी मुद्दा मिलाइदिने भन्दै पैसाको […]
सदन चलाउन प्रमुख प्रतिपक्षसँग संवाद गरिनेछ: कानुनमन्त्री बडू

काठमाडौँ, २८ मङ्सिर। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सदनमा विरोध गर्दै आएको प्रमुख प्रतिपक्ष नेकपा ९एमाले० सँग वार्ता र संवादका लागि सरकार तत्पर रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै मन्त्री बडूले नेकपा एमालेको महाधिवेशन सम्पन्न भएको र नेपाली कांग्रेसको महाधिवेशन जारी रहेकाले दलहरुको महाधिवेशन सकिएपछि आपसमा बसेर […]
कांग्रेस सभापतिका दुवै प्रत्यासी मतदातासँग मत माग्दै

काठमाडौँ, २८ मङ्सिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशमा सभापतिका उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाले मतदातासँग मत मागि रहनुभएको छ । राष्ट्रियसभा गृहमा कायम रहेको मतदान केन्द्रमा मतदानका लागि लाइनमा बसेका मतदातासँग दुवै प्रत्याशीले आ–आफनो पक्षमा मतदान गर्न आग्रह गरिरहनुभएको हो । सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत […]
इन्डोनेसियामा ७.६ म्याग्नीच्युडको भूकम्प, आँधीको चेतावनी

जाकार्ता, २८ मङ्सिर । इन्डोनेसियामा मंगलबार ७.६ म्याग्नीच्युडको भूकम्प गएको छ । देशको फ्लोरेस समुन्द्रनजिकै पर्ने ठाउँमा भूकम्प गएको र आँधीको समेत खतरा रहेको अधिकारीहरुले जनाएका छन् । झण्डै एक हजार किलोमिटर टाढादेखि आँधीको संभावना रहेको समाचारमा जनाइएको छ । यसअघि गत आइतबार राती पनि मालुकु प्रान्तमा केन्द्रविन्दु भएर ५.६ म्याग्नीच्युडको भूकम्प आएको थियो ।रासस÷एएनआई
कांग्रेस सभापतिका लागि पुनःमतदान सुरुः प्रधानमन्त्रीद्वारा मतदान

काठमाडौँ, २८ मङ्सिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको पुनः मतदान सुरु भएको छ । सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पार्टीको विधान अनुसार सभापति पदका लागि पुनःनिर्वाचन हुन लागेको हो । कांग्रेस केन्द्रीय निर्वाचन समितिले सभापति पदका प्रत्यासीमध्ये कसैको पनि कूल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि […]
भोट माग्न देउवा र कोइरालाको दौडधुप

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सभापति छान्नका लागि हुन लागेको दोस्रो चरणको निर्वाचनमा सहयोगको आग्रह गर्न नेता शेरबहादुर देउवा र डा. शेखर कोइरालाले भेटघाटलाई तीव्रता दिएका छन् । यसैक्रममा प्रधानमन्त्री देउवा प्रकाशमान सिंह निवास चाक्सीबारी पुगेका छन् । पहिलो चरणको निर्वाचनमा सभापतिमा तेस्रो मत ल्याएका सिंहलाई दोस्रो चरणमा आफूलाई सहयोग गर्न […]
डा. पाण्डेद्वारा लिखित नशा तथा हाडजोर्नी सम्बन्धि पुस्तक सार्वजनिक

भरतपुर, २७ मंसिर । नशा तथा हाडजोर्नी सम्बन्धि अध्ययन र अध्यापनका लागि लक्षित गरी लेखिएको पुस्तक सार्वजनिक भएको छ । वरिष्ठ नशा तथा हाडजोर्नी रोग विशेषज्ञ प्राध्यापक सुरेश पाण्डेद्वारा लिखित Text Book Of Orthopaedics (टेक्स्ट बुक अफ अर्थोपेडिक्स) नामक पुस्तक विमोचन गरिएको हो । सोमबार भरतपुरमा आयोजित कार्यक्रममा आर्थोस्कोपिक सोसाइटी अफ नेपालका केन्द्रीय अध्यक्ष डा […]
पौडेलको चियापानमा पुगे देउवा

काठमाडौं, २८ मंसिर । कांग्रेस नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापान कार्यक्रममा नेता शेरबहादुर देउवा पनि पुगेका छन् । दोस्रो चरणको मतदान हुनुअघि पौडेलले चियापान समारोह आयोजना गरेका छन् । सभापतिका प्रत्यासी देउवा पनि त्यहाँ पुगेका छन् । पौडेल काँग्रेसको नयाँ नेतृत्व छान्ने प्रक्रियाबाट बाहिर रहेका छन् भने कुनै उम्मेदवारको पक्षमा लागेका छैनन् । पौडेललाई […]
कांग्रेसमा सभापतिका लागि पुनः मतदान हुने, कुनै उम्मेद्वारले कटाएनन् ५० प्रतिशत मत

काठमाडौँ, २८ मंसिर । कांग्रेस सभापतिको चयनका लागि पुनः मतदान हुने भएको छ । पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि पुनः मतदान हुन लागेको हो । सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए । महाधिवेशनका ४ हजार ७ सय ४३ प्रतिनिधिहरूमध्ये ४ हजार ६ […]
कांग्रेस महाधिवेशन : ३७७९ मत गन्दा देउवालाई १७९८, कोइरालालाई १४१३

काठमाडौं, २८ मंसिर । सत्तारूढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना अहिले जारी छ । बिहान चार बजेपछि शुरु भएको मतगणनामा अहिलेसम्म तीन हजार ७ सय ७९ मत गनिसकिएको छ । जारी मतगणनामा सभापति पदका प्रत्याशी शेरबहादुर देउवाले १७९८ मत ल्याउँदा अर्का प्रत्याशी डा शेखर कोइरालाले १७१३ मत […]
२०७८ मंसिर २८ गते मंगलबारको कायाकैरन दैनिक (E-paper)
कांग्रेस मतगणना : देउवाको अग्रता कायमै, कोइरालाले पछ्याउँदै

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेस १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना जारी छ । हालसम्म २ हजार १०६ मत गणना भएको छ । जसमा सबैभन्दा बढी शेरबहादुर देउवाले ९९१ मत ल्याएका छन् । उनलाई निकटतम प्रतिस्पर्धी शेखर कोइरालाले पछ्याइरहेका छन् । कोइरालालाई ७६२ मत प्राप्त भएको छ । त्यस्तै सभापति पदका अन्य उम्मेदवारहरू प्रकाशमान सिंहले […]