काठमाडौं, २८ मंसिर ।
कांग्रेस नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापान कार्यक्रममा नेता शेरबहादुर देउवा पनि पुगेका छन् ।
दोस्रो चरणको मतदान हुनुअघि पौडेलले चियापान समारोह आयोजना गरेका छन् ।
सभापतिका प्रत्यासी देउवा पनि त्यहाँ पुगेका छन् ।
पौडेल काँग्रेसको नयाँ नेतृत्व छान्ने प्रक्रियाबाट बाहिर रहेका छन् भने कुनै उम्मेदवारको पक्षमा लागेका छैनन् ।
पौडेललाई समर्थन नगरेका प्रकाशमान सिंहले केवल ३७१ मत ल्याए भने अब दोस्रो चरणमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिष्पर्धा हुने भएको छ । पहिलो चरणको निर्वाचनमा तेस्रो र चौथो भएका सिंह र निधि निर्णायक बन्ने देखिएका छन् । देउवा र कोइराला आफ्नो पक्षमा मत बटुल्न लागि परेका छन् ।
काँग्रेसको निर्वाचन समितिले आजै अपरान्ह पुन: मतदान गर्ने तयारी थालेको बताएको छ ।




