कांग्रेस महाधिवेशन : ३७७९ मत गन्दा देउवालाई १७९८, कोइरालालाई १४१३

काठमाडौं, २८ मंसिर ।
सत्तारूढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना अहिले जारी छ ।

बिहान चार बजेपछि शुरु भएको मतगणनामा अहिलेसम्म तीन हजार ७ सय ७९ मत गनिसकिएको छ । जारी मतगणनामा सभापति पदका प्रत्याशी शेरबहादुर देउवाले १७९८ मत ल्याउँदा अर्का प्रत्याशी डा शेखर कोइरालाले १७१३ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय सभागृहमा जारी मतगणनामा अन्य प्रत्याशीहरु प्रकाशमान सिंहले २५७ मत, विमलेन्द्र निधिले २०१ मत र कल्याण गुरुङले १७ मत पाएका निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसको नयाँ नेतृत्व छान्नका लागि चार हजार ७४३ जना महाधिवेशन प्रतिनिधि चुनिएका थिए । जसमध्ये ६४ जना प्रतिनिधिले मतदानमा भाग लिएनन् । चार हजार ६७९ जना प्रतिनिधिले मात्रै मतदान गरे ।

कांग्रेसको मतदान गएराति ११ बजे सकिएको थियो । तोकिएको समयमा मतदान नसकिएपछि निर्वाचन समितिले पटकपटक समय थप गर्दा मतदान प्रक्रिया रातिसम्म लम्बिएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट