माडीमा कृषि बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम

माडी, २८ मंसिर ।
माडीमा घुम्ती बीमा अन्तर्गत कृषि तथा पशुपन्छी बीमा सम्बन्धी  एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एनएलजी इन्स्योरेन्स कम्पनीको आयोजनामा कम्पनीका क्षेत्रीय प्रमुख भरत मल्लको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा माडी नगरपालिका- २ का वडाअध्यक्ष ईश्वरीप्रसाद ढकाल प्रमुख आतिथि थिए । मध्यवर्ती वन उपभोक्ता समितिका अध्यक्ष नारायण दत्त पौडेलले शुभकामना कार्यक्रमको प्रभावकारिताको चर्चा गर्दै मन्तव्य राखेका थिए ।

वडाअध्यक्ष ढकालले माडीमा आएर बीमा सम्बन्धि कार्यक्रम राखेकोमा कम्पनीलाई धन्यवाद दिँदै माडीमै कार्यालय भएमा सहज हुने र कृषकहरु लाभान्वित हुने बताए ।

कार्यक्रममा बीमा सम्बन्धि जानकारी दिँदै क्षेत्रीय प्रमुख मल्लले कृषकहरूका जिज्ञासालाई पनि सम्बोधन गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट