सदन चलाउन प्रमुख प्रतिपक्षसँग संवाद गरिनेछ: कानुनमन्त्री बडू

काठमाडौँ, २८ मङ्सिर।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सदनमा विरोध गर्दै आएको प्रमुख प्रतिपक्ष नेकपा ९एमाले० सँग वार्ता र संवादका लागि सरकार तत्पर रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै मन्त्री बडूले नेकपा एमालेको महाधिवेशन सम्पन्न भएको र नेपाली कांग्रेसको महाधिवेशन जारी रहेकाले दलहरुको महाधिवेशन सकिएपछि आपसमा बसेर सहमतिको वातावरण निर्माण गरिने बताउनुभएको हो ।

उहाँले आजको बैठकमा पनि अध्यादेश पेशबाहेक अन्य कार्यसूची अघि नबढाइएकाले निजामति कर्मचारी विधेयकजस्ता महत्वपूर्ण विधेयकमा छलफल गर्नुपर्ने कार्यसूची ल्याउन सदनको अवरोध हटाइ प्रतिपक्षसँग उचित वातारण निर्माण गरिने उल्लेख गर्नुभयो ।रासस

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट