कांग्रेस मतगणना : देउवाको अग्रता कायमै, कोइरालाले पछ्याउँदै

काठमाडौं, २८ मंसिर ।
नेपाली कांग्रेस १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना जारी छ ।

हालसम्म २ हजार १०६ मत गणना भएको छ । जसमा सबैभन्दा बढी शेरबहादुर देउवाले ९९१ मत ल्याएका छन् । उनलाई निकटतम प्रतिस्पर्धी शेखर कोइरालाले पछ्याइरहेका छन् । कोइरालालाई ७६२ मत प्राप्त भएको छ ।

त्यस्तै सभापति पदका अन्य उम्मेदवारहरू प्रकाशमान सिंहले १७४, विमलेन्द्र निधिले १३७ र कल्याण गुरुङले ९ मत प्राप्त गरेका छन् ।

सोमबार मतदान भएकोमा आज बिहान साढे चार बजेबाट राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो । नयाँ नेतृत्व चयनका लागि ४ हजार ६८९ मत खसेको छ । मतदानमा ६४ जना अनुपस्थित भएका थिए ।

कांग्रेसको विधानअनुसार सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । खसेको मतको आधारमा पहिलो चरणमै सभापति चुनिन २३४१ मत प्राप्त गर्नुपर्नेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट