लायन्स क्लबद्वारा अक्सिजन कन्सन्ट्रेटर वितरण

भरतपुर, ७ असोज । लायन्स क्लब अफ नारायणगढ बालकुमारी तथा लायन्स क्लब अफ दलदलेको संयुक्त आयोजनामा अक्सिजन कन्सन्ट्रेटर वितरण गरिएको छ । देवचुली नगरपालिका १६ रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयलाई एक थान अक्सिजन कन्सन्ट्रेटर दिइएको हो । उक्त कार्यक्रममा लायन्स ईन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बि २ नेपालका डिष्ट्रिक्ट एक्जुकेटिव चिफ लायन दिनानाथ न्यौपाने र सिद्धार्थलाल चुके, […]
रेविज सम्बन्धि सचेतना कार्यक्रम देवचुलीबाट सुरु

देवचुली, ७ असोज । देवचुलीमा रेविज रोग सम्बन्धि साताव्यापी सचेतना कार्यक्रम सुरु गरिएको छ । “रेबिज तथ्यलाई बुझ्न सके राम्ररी, हट्छ डर, त्रास सधैं भरी” भन्ने नाराका साथ नेपाल पारा भेटेरिनरी एण्ड लाइभष्टक एशोसिएसन ( नेभ्ला) नवलपुर जिल्ला समिति र देवचुली नगर समितिको संयुक्त आयोजनामा विश्व रेविज दिवसको अवसरमा देवचुली नगरपालिकाको देवचुली मावि रजहरमा रेविज […]
अपराध न्यूनीकरणमा विशेष जोड दिनेछौं : चितवनका प्रजिअ तामाङ

भरतपुर, ७ असोज । जिल्ला प्रशासन कार्यालय, चितवनको प्रमुखका रूपमा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले जिल्लाभित्र शान्ति सुरक्षा कायम गर्न ध्यान दिने बताएका छन् । बिहीबार कार्यालय परिसरमा पत्रकारहरूसँगको कुराकानीमा प्रजिअ तामाङले आफ्नो कार्यकालमा अपराध न्यूनीकरणमा विशेष जोड दिइने उल्लेख गरेका हुुन् । “समाजमा अपराध हुन्छन् । ती अपराधलाई कसरी कम गर्न […]
लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रहलाई मदन पुरस्कार

भरतपुर, ७ असोज । यस वर्ष (२०७७) को जगदम्बा-श्रीबाट नृत्यशास्त्री भैरवबहादुर थापा सम्मानित हुने भएका छन् । त्यस्तै २०७७ को मदन पुरस्कार भगिराज इङ्नामको पुस्तक ‘लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’लाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको आज बसेको बैठकले उक्त निर्णय गरेको हो । ‘श्री भैरववहादुर थापाज्यूलाई वर्ष २०७७ सालको जगदम्बा-श्री अर्पण गर्ने निर्णय […]
चितवनका पत्रकार र परिवारको क्यान्सर परीक्षण

भरतपुर, ७ असोज । चितवनका पत्रकार महिला र पत्रकारका परिवारका महिला सदस्यहरुको क्यान्सर परीक्षण गरिएको छ । वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको स्क्रिनिङ्ग (परीक्षण) गरिएको हो । नेपाल पत्रकार महासंघ चितवन शाखाले कार्यक्रमको आयोजना गरेको हो भने वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालले सहयोग गरेको छ । कार्यक्रमको आज शुभारम्भ […]
कोरोनाले रोकेन लेख्नेहरुलाई

निषेधाज्ञामा लगभग सबैजसो क्षेत्र ठप्प बने पनि लेखन र पठनको क्षेत्रले भने गति लियो । निषेधाज्ञामा घरमै बसेका कवि, लेखकहरू मस्तले किताब पढ्नुका साथै सिर्जनामा तल्लीन रहे । घरमै बसेर सिर्जना गरिरहेका कतिपय लेखकहरूका कृति बजारमा आइसकेका छन् भने कतिपय प्रकाशनको तयारीमा छन् । तयारीमा रहेका पुस्तकहरू दशैँ र तिहार आसपासमा बजारमा आउनेछन् । दशैँ […]
नेकपा एसका पदाधिकारीहरु छनोट

भरतपुर, ७ असोज । नेकपा (एकीकृत समाजवादी) पदाधिकारीहरुको छनोट गरेको छ । पार्टीमा वरिष्ठ नेतामा झलनाथ खनाल र नेपालमा मुकुन्द न्यौपाने रहेका छन् । सात जना उपाध्यक्षमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथप्रसाद साह, जयन्ती राई रहेका छन् । त्यसैगरी महासचिवमा बेदुराम भुसाल र तीन उप–महासचिवमा प्रकाश ज्वाला, गंगालाल तुलाधार […]
कोभिडपछि कसरी अघि बढ्ने ?

कोभिडले गर्दा तपाईं कति बदलिनुभयो ? अथवा कोभिडलार्ई तपाईंले कत्तिको बुझ्न सक्नुभयो ? यी प्रश्नको जवाफ दिन अकमकाउनेहरू प्रशस्तै छन् । कोभिडबाट संक्रमित भएका आफन्त गुमाएकाहरू धेरै छन् । व्यापार व्यवसायमा घाटा भयो भन्ने उत्तर दिनेहरू धेरै नै छन् । तर, कोभिड के रहेछ ? यसको सामना कसरी गर्ने भन्ने निक्र्यौँल नहुँदासम्म हामी संकटबाट बाहिर […]
महिलालाई उद्यममा जोडिन घरपरिवार र राज्यले अवसरबाट वञ्चित गर्नुहुँदैन: मास्के

नारायणगढ पुतलीबजारकी रजनी मास्के उद्योग वाणिज्य संघ चितवनको कार्यसमिति सदस्य हुन् । लामो समयदेखि संघमा कार्यसमिति सदस्यको रुपमा रहँदै आएकी उनी संघको महिला उद्यमी समितिको संयोजक पनि हुन् । उद्योग वाणिज्य संघले संचालनमा ल्याएको कोसेली घरकी संयोजकसमेत रहेकी उनी हाल ग्रामीण महिला उद्यमीको घरेलु उत्पादन बजार प्रवद्र्धनमा पनि सक्रिय छिन् । प्रस्तुत छ, मास्के पुस्तक […]
राष्ट्रियसभाबाट पनि पारित भयो बजेट

भरतपुर, ७ असोज । राष्ट्रियसभाले चालू आर्थिक वर्षको संशोधित बजेट (विनियोजन विधेयक) पारित गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका बीभ विधेयक बहुमतले पारित भएको हो । बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदहरूले उठेर विरोध जनाएका थिए । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सहमतिमा सदन सञ्चालन गर्न आग्रह गरे पनि सांसदहरु नबसेपछि विधेयकलाई प्रक्रियामा लगेका […]
एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल, सचिवमा रामकुमारी झाँक्री

भरतपुर, ७ असोज । नेकपा एकीकृत समाजवादी पार्टीले पदाधिकारीकाे टुङ्गो लगाएको छ । चार उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र चार सचिव चयन गरेको नेतृ रामकुमारी झाँक्रीले जानकारी दिइन् । उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथप्रसाद साह र जयन्ती राई चयन हुनु भएका छन् । यस्तै, महासचिवमा बेदुराम भुसाल र उपमहासचिवमा गङ्गालाल तुलाधर, प्रकाश ज्वाला […]
२०७८ असोज ७ गते बिहीबारको कायाकैरन दैनिक (E-paper)