कोभिडपछि कसरी अघि बढ्ने ?

कोभिडले गर्दा तपाईं कति बदलिनुभयो ? अथवा कोभिडलार्ई तपाईंले कत्तिको बुझ्न सक्नुभयो ? यी प्रश्नको जवाफ दिन अकमकाउनेहरू प्रशस्तै छन् । कोभिडबाट संक्रमित भएका आफन्त गुमाएकाहरू धेरै छन् । व्यापार व्यवसायमा घाटा भयो भन्ने उत्तर दिनेहरू धेरै नै छन् । तर, कोभिड के रहेछ ? यसको सामना कसरी गर्ने भन्ने निक्र्यौँल नहुँदासम्म हामी संकटबाट बाहिर निस्कन सक्दैनौँँ ।
कोभिड रोग हो भन्ने जाने बुझेर मात्रै भएन । यसको प्रभाव केसम्म हुनसक्छ भनेर आँकलन गर्न सकियो भने राम्रो हुन्छ । व्यक्तिले मात्रै नभएर समाज, संगठन, देश र विश्वजगतले पनि यसरी सोचे संकटको खाडल पुरिने थियो कि भन्ने मेरो मनले ठानेको छ ।
कोभिड आउँदै गर्दा विश्वजगत नै हात मिलाउन डरायो । नमस्कार गर्ने चलन बढ्यो । यो नमस्कार भारतले ‘हाम्रो संस्कार हो’ भन्यो । हामी नेपालीको चित्त दुख्यो अनि सामाजिक सञ्जालभरि ‘नमस्कार तिम्रो होइन हाम्रो हो’ भन्न थाल्यौँँ । आखिर नमस्कारै गरे चल्दो रहेछ त ! तर, हामी अचेल नमस्कार छाडेर मुड्की जुधाउन अग्रसर भएका छौँं । सवा वर्ष, डेढ वर्ष हुँदा नहुँदै हामी नमस्कार गर्ने चलनबाट वाक्क भइसकेछौँं । यस्ता स–साना कुरा हेर्दा नै थाहा हुन्छ हामी कति बदलियौँं र कोभिडलार्ई कुन हदसम्म बुझ्यौँं । खासमा भन्नु पर्दा कोभिड भनेको हामीलार्ई नेपाल बन्द वा त्यस्तै कुनै खाले हड्ताल झँै लागेको देखिन्छ ।
नेपाल बन्द वा हड्तालको पनि हाम्रो सामाजिक र आर्थिक क्षेत्रमा प्रभाव परेरै छाड्छ । तर, कोभिड भनेको कुनै एक देश, महादेश र क्षेत्रमा नभएर विश्वभर एकै पटक आएको र लामो समयसम्म कायम रहेको संकट हो । दुई वर्ष हुन लाग्दा पनि यो संकटबाट हामी मुक्त भएका छैनौँं । कहिले कम, कहिले बेसी मात्रै भएको छ ।
कोभिडलार्ई यसरी बुझौँं भनेको हो । यसरी बुझेर संकट समाधानका उपायमा लाग्दा आफूलार्ई थोरै भए पनि बदल्नै पर्छ । परम्परागत शैली र चिन्तनले यो संकटबाट पार पाउन सकिन्न कि ? तर, हामीले आफूलार्ई बदल्नभन्दा पनि संकटको निवारण सरकारले गर्नुपर्छ भन्ने धारणा राख्दछौँं । यो संकट न सरकार एक्लैले न जनताले मात्रै समाधान गर्न सक्छ । नेपाल जस्तो देशमा सरकार र समुदायको तालमेल छैन ।
कोभिड संकटबाट पार लाग्न चितवनले के गर्नु पर्ला ? चर्चा गर्न लागेको विषय यो हो । चितवनको पहिचान के हो ? त्यसका आधारमा कोभिडले पारेको संकट र असरको आँकलन गरेर पुनस्र्थापनाका प्रयास र योजनाहरू बनाउन आवश्यक छ । कोभिड उपचारका क्षेत्रमा चितवनले प्रशंसा गर्न लाईक काम गरेको छ । सुरुआती समयमा नै परीक्षण प्रयोगशाला स्थापना गरेर सेवा दियो । उपचारमा पनि राम्रो काम भएको छ । जिल्लामा संक्रिय संक्रमितको संख्या पाँच हजारको आसपास पुग्दा बिरामीको अन्यत्र जस्तो विजोग भएन । काठमाडौँं, पोखरा, बुटवल, भैरहवा, नेपालगञ्ज, दाङ, वीरगञ्ज जस्ता सहरी क्षेत्रका अस्पतालमा शैय्या अभाव भए । अक्सिजन नपाएर संक्रमित छटपटिए । तर, चितवनसहित ५०÷५५ जिल्लाका संक्रमितहरू यहाँ आउँदा पनि त्यस्तो भद्रगोल अवस्था यहाँ भरतपुरका अस्पतालहरूमा देखिएनन् ।
अस्पताल आएका संक्रमितले केही गाह्रो साह्रो सहेका होलान् । तर, अबेलै भए पनि शैय्या पाए । अलिबेर सकस बेहोरे पनि होलान् । तर, आईसीयू, भेन्टिलेटर र अक्सिजनको चर्को अभाव र संकट भोग्नुपरेन । उपचारको क्षेत्रमा चितवनले राम्रो भूमिका निर्वाह ग¥यो । चितवनवासीले यो कुरा मनमा राखेर आफ्नो जिल्लाको सबल पक्षमा गर्व गर्न सक्नुपर्दछ । चितवनले उपचारका क्षेत्रमा ठूलै र अब्बल काम ग¥यो भन्दा अलि बढी नै होला । तर, समग्रमा चित्त बुझ्दो व्यवस्थापन गरेकै हो । यो काममा खटिएका चिकित्सक, अस्पताल व्यवस्थापन, नर्स, प्राविधिक, अक्सिजन उद्योगी, सरकारी कर्मचारी र अन्य स्वयंसेवक जो छन्, सबैलार्ई धन्यवाद छ ।
अर्कोतर्फ चितवन भनेको पर्यटन र कृषि उद्यममा ख्याति कमाएको जिल्ला पनि हो । वन्यजन्तु अवलोकन गर्नका लागि मुख्य पर्यटकीय गन्तव्य चितवन हो । कृषिमा दूध उत्पादन फष्टाएको छ । त्यसैगरी केरा, तरकारी खेती, मौरी र माछापालन मौलाएको छ । पोल्ट्री क्षेत्रमा पहिलो स्थानमा आउने जिल्ला चितवन हो । यी हरेक क्षेत्रमा अरबौँंको लागनी छ । हजारौँंको रोजगारी जोडिएको छ । कोभिडबाट प्रभावित हुने क्षेत्र पनि यही हो । त्यसैले कोभिडका कारण आर्थिक पाटोमा चितवन नराम्ररी प्रभावित भएको छ । यो क्षतिबाट कसरी उकासिने होला ? राष्ट्रिय अर्थतन्त्र कृषिमा निर्भर रहेको हाम्रो जस्तो देशले यी आर्थिक क्षतिलार्ई पुनर्जीवन कसरी दिने होला ? यसका लागि प्रथामिकता तोकेर योजना बनाउनुपर्ने हुन्छ । तर, समस्या कहाँ छभन्दा हामी कोभिड संकटलार्ई उही नेपाल बन्द या कुनै खाले हड्ताल जसरी नै बुझिरहेका छौँ ।
संकटबाट निस्कनका लागि व्यवस्थित योजना चाहियो, कुन क्षेत्रमा के काम पहिला गर्ने भन्नेबारे निधो हुनु प¥यो । तर, त्यसो गर्न सकेका छैनौँं । हामी सबै क्षेत्रको एकै पटक पुनर्उत्थान होस् भन्ने चाहन्छौँं । हामीले चाहे पनि तत्कालै पर्यटन फष्टाउन सक्दैन । किनकि यो विश्वव्यापी प्रभाव हो । विश्वभरका मान्छेहरू सहजरूपमा घुमघाम नगर्दासम्म पर्यटन कसरी फष्टाउँला ! घुम्न त गत वर्ष नेपालीहरू नै घुमे । विदेशी फाट्टफुट्ट मात्रै आए । विदेशी नआउँदासम्म यहाँका संरचनाहरूको पूर्ण उपयोग हुँदैन । अनि पर्यटन उद्योग बचाउन भनेर हामी नेपालीहरू घुम्नमा मात्रै जोड गर्दा अन्य उत्पादन क्षेत्र प्रभावित होला । आर्थिक सन्तुलन बिग्रन पनि सक्छ । यसतर्फ सोचेका छैनौँं ।
यो बेला कृषि र कृषिमा पनि अनाज उत्पादनमा जोड दिनु अपरिहार्य देखिन्छ । किनकि पर्यटन नफष्टाउँदासम्म दूध, दही, घ्यु, केरा, तरकारी, मह, पोल्ट्री उत्पादन, फलफूल ठूलो मात्रामा खपत हुँदैन । उत्पादन गरे नोक्सान हुने खतरा हुन्छ । अहिलेको अवस्थामा के कति उत्पादन गरेर माग पूरा हुन्छ ? लेखाजोखा गरेर फलफूल, डेरी, पोल्ट्री र अन्य चाँडै नोक्सान हुने कृषि उपजमा उत्पादनमा लाग्नुपर्दछ । माग पूरा होस् । बिक्री नभएर खेर नजाओस् भनेर योजना बनाउनुपर्दछ । दाल, अन्नजस्ता भण्डारण गरेर लामो समय राख्न सकिने बालीहरू लगाए यो बेलामा राम्रो हुन्थ्यो । तर, यसरी योजना बनेको देखिँदैन । अर्कोतर्फ पर्यटन र व्यावसायिक कृषि उद्यमका ठूला पूर्वाधारहरू हुन्छन्, लगानी र रोजगारी त्यहीअनुरुपको छ । त्यो भताभुङ्ग नहोस् भनेर सरकारले सोच्ने र योजना बनाउने हो । तर, त्यसो पनि हुन सकेको छैन ।
खासमा यस्ता योजना बनाउनेतर्फ सरकार बेखबर जस्तो छ । हामी सर्वसाधारण पनि रोग र त्यसपछि आउने आर्थिक, सामाजिक समस्याका बारेमा खासै गम्भीर छैनौँं । हामी कि सरकारसँग राहत अनुदान माग्छौँं वा आफैँ कतै गएर राहत बाँड्न व्यस्त छौँं । हामी चामलका बोरा बोलेरो र मिनी ट्रकमा लोड गरेर चितवनको पहाडी चेपाङ गाउँ जान औधि रमाउँछौँं । चेपाङको मुख्य बाली मकै फौजी कीराले सखाप हुँदा त्यसको उपचारमा लाग्न सम्बन्धित निकायलार्ई झकझक्याउने काम पटक्कै गर्दैनौँं । सम्बन्धित निकाय पनि सुनेको नसुन्यै गर्छ । समस्या यही हो । हामी प्रचारमुखी छौँं, सिर्जनात्मक छैनौँं, अलि बढी आलोचनात्मक छौँं । आलोचनाले सुधार नल्याउने होइन तर हाम्रो आलोचनामा नकरात्मकता हावी छ । जिम्मेवारी पन्छाउने परिपाटी छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट