लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रहलाई मदन पुरस्कार

भरतपुर, ७ असोज ।

यस वर्ष (२०७७) को जगदम्बा-श्रीबाट नृत्यशास्त्री भैरवबहादुर थापा सम्मानित हुने भएका छन् । त्यस्तै २०७७ को मदन पुरस्कार भगिराज इङ्नामको पुस्तक ‘लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’लाई प्रदान गरिने भएको छ ।

मदन पुरस्कार गुठीको आज बसेको बैठकले उक्त निर्णय गरेको हो । ‘श्री भैरववहादुर थापाज्यूलाई वर्ष २०७७ सालको जगदम्बा-श्री अर्पण गर्ने निर्णय गर्‍यो,’ मदन पुरस्कार गुठीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै सोही बैठकले ‘नेपाली इतिहासका प्राथमिक सामग्रीहरूको संकलन र पहुँचलाई विस्तार गरेकाले’ लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्वत् १७११-२०२० पुस्तकका लागि भागीराज इङ्नामलाई वर्ष २०७७ को मदन पुरस्कार अर्पण गर्ने निर्णय गरेको जानकारी दिइएको छ ।

गुठीमा प्राप्त २२२ पुस्तकमध्ये ९ पुस्तक मदन पुरस्कार श्रेष्ठ सूची २०७७ का रूपमा छनौट भएको गुठीले जानकारी दिएको छ । त्यसमध्ये इङ्नामको पुस्तकलाई मदन पुरस्कार प्रदान गरिएको जनाइएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट