भरतपुर, ७ असोज ।
लायन्स क्लब अफ नारायणगढ बालकुमारी तथा लायन्स क्लब अफ दलदलेको संयुक्त आयोजनामा अक्सिजन कन्सन्ट्रेटर वितरण गरिएको छ । देवचुली नगरपालिका १६ रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयलाई एक थान अक्सिजन कन्सन्ट्रेटर दिइएको हो । उक्त कार्यक्रममा लायन्स ईन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बि २ नेपालका डिष्ट्रिक्ट एक्जुकेटिव चिफ लायन दिनानाथ न्यौपाने र सिद्धार्थलाल चुके, डिष्ट्रिक्ट एड्भाइजर कोचिफ लायन राजेन्द्र गौतम, एरिया नम्बर ३ का चिफ एरिया कोअर्डिनेटर लायन बालगोपाल चुकेसहित अस्पतालका तर्फबाट सन्चालक समितिका अध्यक्ष सन्तबहादुर क्षेत्री, उपाध्यक्ष प्रेम न्यौपाने, अस्पतालका निर्देशक डा. बिनोद पौडेल तथा व्यवस्थापक हरि सापकोटा उपस्थित थिए ।
लायन्स क्लब अफ दलदलेका अध्यक्ष लायन जीबलाल पराजुलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लायन्स ईन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बि २ नेपालका डिष्ट्रिक्ट एक्जुकेटिव चिफ लायन दिनानाथ न्यौपानेले अक्सिजन कन्सन्ट्रेटरको लागि आर्थिक सहयोग गर्ने नेपाली एवम् अमेरिकन लायन्स साथै समन्वय गरेर सामुदायिक प्राकृतिक चिकित्सालयमा वितरण लायन्स क्लब अफ नारायणगढ बालकुमारी र लायन्स क्लब अफ दलदलेलाई धन्यवाद दिए ।
अस्पातलले सो अक्सिजन कन्सन्ट्रेटरको अधिकतम प्रयोग गरेर बिरामीहरुको सेवा दिनेमा आफू विश्वस्त रहेको न्यौपानेले बताए । यस्तै अस्पातलका निर्देशक डा. बिनोद पौडेलले अस्पातललाई सम्झिएर अक्सिजन कन्सन्ट्रेटर वितरण गरेकोमा लायन्स ईन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बि २ नेपाल लगायत सम्पूर्ण सम्बद्ध निकायहरुलाई धन्यवाद दिँदै आगामी दिनहरुमा सामाजिक संस्थाहरुबाट पनि यस्तै साथ र सहयोगको अपेक्षा रहेको बताए ।
कार्यक्रमको सहजीकरण लायन्स क्लब अफ नारायणगढ बालकुमारीका सचिव शेरबहादुर पौडेलले गरे ।
साथै लायन्स क्लब अफ नारायणगढ बालकुमारी तथा लायन्स क्लब अफ दलदलेको संयुक्त आयोजनामा कावासोती नगरपालिकाको वडा नम्बर १२, पिठौलीमा रहेको पिठौली स्वास्थ्य चौकी (सन्तुदेवी उपचार केन्द्र) मा समेत एक थान अक्सिजन कन्सन्ट्रेटर वितरण गरिएको छ । लायन्स ईन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बि २ नेपालका डिष्ट्रिक्ट एक्जुकेटिव चिफ लायन दिनानाथ न्यौपाने र सिद्धार्थलाल चुके, डिष्ट्रिक्ट एड्भाइजर कोचिफ लायन राजेन्द्र गौतम, एरिया नम्बर ३ का चिफ एरिया कोअर्डिनेटर लायन बाल गोपाल चुके, लायन्स क्लब अफ नारायणगढ बालकुमारीका सचिव शेरबहादुर पौडेल तथा लायन्स क्लब अफ दलदलेका संस्थापक अध्यक्ष लायन जीवलाल पराजुली र सदस्यहरु उपस्थित भई स्वास्थ्य चौकीका जनस्वास्थ्य निरिक्षक ईन्द्रबहादुर महतोलाई सो अक्सिजन कन्सन्ट्रेटर वितरण गरिएको थियो ।




