कवि अनिल श्रेष्ठको कवितासङ्ग्रह `मध्यरातमा मुर्कट्टा´ सार्वजनिक

तनहुँ, २४ भदौ । कवि अनिल श्रेष्ठको छैटौँ कवितासङ्ग्रह ‘मध्यरातमा मुर्कट्टा’ सार्वजनिक भएको छ । आँबुखैरेनी स्रष्टा समाजको आयोजनामा वरिष्ठ कवि प्रमोद प्रधान, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा र साहित्यकार विजयराज आचार्यलगायतको उपस्थितिमा कृति सार्वजनिक गरिएको हो । ३५ वटा कविता संग्रहित उक्त कृतिबारे वरिष्ठ कवि प्रमोद प्रधानले नेपाली कवितामा क्रान्तिचेतनालाई कलात्मक सौन्दर्यका साथ प्रस्तुत […]

अफगानिस्तानको तालिवान सरकारलाई चीनको समर्थन, तीन करोड दश लाख अमेरिकी डलर दिने

वेइजिङ्, २४ भदौ। चीनले अफगानिस्तानमा बनेको नयाँ तालिवान सरकारलाई समर्थन जनाएको छ । विश्वका धेरै देशले तालिवान सरकारलाई समर्थन गर्न आनाकानी गरिरहेका बेला चीनले समर्थन गर्ने घोषणा गरेको हो । चीनले तालिवान सरकारलाई समर्थन गर्दै तीन करोड १० लाख अमेरिकी डलर सहयोगसमेत गर्ने जनाएको छ । चीनको विदेश मन्त्रालयले अफगानिस्तानको नयाँ सरकार इस्लामिक इमरेट्स अफ […]

चितवनमा रौनक हराएको तीज

भरतपुर, २४ भदौ । गोरखापत्र दैनिकका चितवन समाचारदाता शान्ता अधिकारीलाई केही वर्षअघिसम्म आजको दिन नारायणगढ बजारमा समाचार सङ्कलन र नाचगानमा भ्याइनभ्याई हुने गर्दथ्यो । नारायणगढको सहिदचोक, पुलचोक र लायन्सचोक क्षेत्रमा दलहरुका टेन्ट, स्टेजसँगै झण्डा फहराउँथे । अधिकारीले स्मरण गर्दै भन्नुभयो, “सधैँजसो सहिदचोकमा नेपाली कांग्रेस निकट महिला सङ्घको तीज गीत कार्यक्रम हुने गर्दथ्यो ।” पुलचोक र […]

अन्तरदेशीय पेट्रोलियम पाइपलाइन: दुई वर्षमा तीन अर्ब बचत

काठमाडौँ, २४ भदौ । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको दुई वर्ष पूरा भएको छ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनको सहयोगमा भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्मको ७९ किलोमिटर पाइपलाइन निर्माण गरेर २०७६ भदौदेखि पाइपलाइनबाट पेट्रोलियम पदार्थ भित्र्याउन सुरु गरेको हो । दुई वर्षको अवधिमा पाइपलाइनबाट एक अर्ब ६१ करोड लिटर डिजेल आयात गरिएको छ […]

पछिल्लो २४ घण्टामा १,२७१ सङ्क्रमित थपिए, १४ को निधन

काठमाडौँ, २४ भदौ। कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन एक हजार २७१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा ११ हजार ९४४ जनामा परीक्षण गर्दा एक हजार २७१ जनामा सङ्क्रमण देखिएको हो । नेपालमा सङ्क्रमणको दर १९.४ प्रतिशत पुगेको । सक्रिय सङ्क्रमित २८ हजार ६७८ जना रहेका छन् […]

एमाले अध्यक्ष ओलीसँग एमसीसी उपाध्यक्षको शिष्टाचार भेट

भक्तपुर, २४ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले आज शिष्टाचार भेट गर्नुभएको छ । अध्यक्ष ओली निवास बालकोटमा भएको सो भेटमा अमेरिकी अनुदान सम्झौता एमसीसीका बारेमा छलफल भएको थियो । सो भेटमा उपाध्यक्ष सुमारले एमसीसी अनुमोदनको प्रक्रिया अघि […]

सरकारको धारणा सार्वजनिक नभई एमालेले एमसीसी बारे नबोल्ने : एमाले अध्यक्ष ओली

काठमाडौँ, २४ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीबारे सरकारको धारणा सार्वजनिक नभई वा सरकारको प्रस्ताव नआई आफूले के गर्ने भन्ने निर्णय नलिने बताएका छन् । नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीसँगको छलफलका क्रममा ओलीले त्यस्तो जवाफ दिएको एमाले विदेश विभाग प्रमुख राजन […]

उच्च अदालतले माग्यो जन्मकैद सजाय सुनाउने सैनिक अदालतको फैसला

हेटौँडा, २४ भदौ । पाटन उच्च अदालतको हेटौंडा इजलासले हत्या मुद्दामा सैनिक जवान गंगाधर ढकाललाई जन्मकैद सजाय गर्ने सैनिक अदालतको फैसला मगाएको छ । हत्या मुद्दा सैनिक अदालतको क्षेत्राधिकारमा नपर्ने दाबीसहित उच्च सरकारी वकीलको कार्यालयले दर्ता गराएको निवेदनमा सुनुवाइ गर्दै उच्च अदालतले फैसला मगाएको हो । हेटौंडा इजलासका न्यायाधीशद्वय मुहम्मद साविर हुसैन र चण्डीराज ढकालको […]

कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने विश्वप्रकाशको घोषणा

काठमाडौँ, २४ भदौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहीबार १०८औँ बीपी स्मृति दिवसका सुन्दरीजलमा आयोजित कार्यक्रममा प्रवक्ता शर्माले आसन्न १४औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । यसअघि युवा नेता गगन कुमार थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थिए ।

सभामुखको व्यवहार निष्पक्ष हुनुपर्छ: सचिव भट्टराई

काठमाडौँ, २४ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाको व्यवहार निष्पक्ष हुनुपर्ने बताएका छन । रासससँग कुरा गर्दै आज उनले संसद्को आगामी बैठक सञ्चालन हुने/नहुने सापकोटाको भूमिकामा निर्भर रहने बताए । एमालेको सिफारिसबमोजिम १४ सांसदलाई कारबाहीको सूचना प्रकाशनमा सापकोटाले पूर्वाग्रहपूर्ण व्यवहार गरेकाले विरोध गरिएको एमाले प्रचार विभाग प्रमुखसमेत रहेका […]

राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त प्रधानसेनापति शर्मालाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ, २४ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई महारथीको दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपतिसमक्ष नवनियुक्त प्रधानसेनापति शर्माले पद तथा गोपनीयताको शपथ लिनुभयो । मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाको ४४ औँ प्रधानसेनापतिका रुपमा शर्माले तीनवर्षे कार्यकालका लागि आजैदेखि औपचारिकरुपमा […]

शिवालयहरुमा तीजका वर्तालुको भीड

पूर्णप्रसाद मिश्र काठमाडौँ, २४ भदौ । हरितालिका तीजको व्रत बसेका वर्तालुको बिहानैदेखि देशभरका शिवालयमा भीड लागेको छ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीज पर्वका अवसरमा आज बिहानैदेखि देशभरका शिवालयमा वर्तालुको भीड लागेको हो । विशेषगरी महिला वर्तालु सौभाग्यको प्रतीक रातो पहिरनमा सजिएर शिवालयमा पूजा आराधनाका लागि पुगेका छन् । पशुपतिनाथ मन्दिर बन्द गरिए पनि […]

दशरथ रंगशालामा आज डेब्यु गर्दै नेपाली महिला फुटबल टिम

काठमाडौं , २४ भदौ । एएफसी महिला एसियन कप छनोट खेल्ने तयारीमा रहेको नेपाल र बंगलादेशबीच पहिलो मैत्रीपूर्ण खेल आज हुँदैछ । यस खेलबाट नेपालको महिला सिनियर टिमले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा डेब्यु गर्दैछ । महिलाको उमेर समूह टीमले रंगशालामा खेलपनि सिनियर टिमले भने करिब ३५ वर्षको अन्तर्राष्ट्रिय इतिहासमा पहिलो पटक खेल्न लागेको हो । यस्तै […]

वीपी कोइरालाको परिकल्पनाले अझै सार्थकता पाउन सकेन: महामन्त्री कोइराला

काठमाडौँ, २४ भदौ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता विश्वेश्वरप्रसाद कोइरालाले परिकल्पना गरेको मार्गचित्रले अहिलेसम्म सार्थकता पाउन नसकेको बताएका छन् । जननायक वीपी कोइरालाको १०८ औँ जन्मजयन्तीका अवसरमा आज एक सन्देश दिँदै उनले स्व कोइरालाले परिकल्पना गरेको राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूल राजनीतिक मार्गचित्रले अझै सार्थकता पाउन नसक्नु गम्भीर […]

हरितालिका तीज: हराउँदै पुराना संस्कृति

पाल्पा, २४ भदौ । कालीगण्डकीमा अहिलेजस्तो ठाउँठाउँमा पुल बनेका थिएनन् । कालीको भेल उर्लेर आउने अनि पानीको सतह घट्ला कि भनेर दिनभरजसो कुरेर बस्नुपर्ने हुन्थ्यो । यसो गर्दा रातै पथ्र्यो । बोटे दाईले डुङ्गा तार्न सक्दिन भनेपछि कति पटक त माइतीमा जान नपाएर घर फर्कनु परेको स्मरण रामपुरकी ६७ वर्षीया रुक्मीणा रेग्मीसँग ताजै छ । […]

अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ, २४ भदौ। मनसुनी वायुको प्रभावले आज देशभर सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाको चेतावनी तथा परामर्श जारी गर्दै देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहेर खोलामा पानीको […]

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा कार्यरत ज्यालादारी मजदुर आन्दोलित, गाई भैँसी भोकै

भरतपुर, २४ भदौ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा कार्यरत दैनिक ज्यालादारी मजदुरले आन्दोलन गरेपछि त्यहाँ पालिएका गाई भैँसी भोकै भएका छन् । गोठमा काम गर्ने करार र स्थायी मजदुरलाई पनि आन्दोलनरत मजदुरले नियमित काम गर्न नदिएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयमा ११५ जना दैनिक ज्यालादारीमा काम गर्ने मजदुर रहेका छन् । उनीहरुको माग […]

एमसिसीका उपाध्यक्ष फतिमा सुमार काठमाडौँमा

काठमाडौँ, २४ भदौ। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)का उपाध्यक्ष फतिमा सुमार नेपालको चारदिने भ्रमणमा आज बिहान काठमाडौँ आइपुगेकी छिन् । कतारबाट काठमाडौँ आएकी उपाध्यक्ष सुमारसँगै नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि छन। नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने […]

मौलिक संस्कृतिलाई संरक्षण गर्ने गरी तीज मनाऔं – राष्ट्रपति

भरतपुर, २४ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्ने गरी हरितालिका तीज मनाउन आग्रह गर्नुभएको छ । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आज शुुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले सो आग्रह गर्नुभएको हो । तीज पर्वले चेली-माइती‚ साथी-संगी‚ परिवार एवं आफन्तजन बीचको सम्बन्धलाई प्रगाढ बनाउने उनले उल्लेख गरेकी […]

आज हरितालिका तीज मनाईंदै

भरतपुर, २४ भदौ । नेपाली हिन्दू नारीहरूको महान् चाड हरितालिका तीज देवादीदेव महादेवको पूजा आराधना गरी मनाईंदैछ । हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन यो पर्व मनाउने गरिन्छ । अघिल्लो दिन पोषणयुक्त दर खाएर बसेका नारीहरूले तीजका दिन पानी समेत नपिइ आफू, आफ्ना सन्तान र पतिको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै निराहार ब्रत बस्ने चलन […]

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको १०८औँ जन्मजयन्ती आज

भरतपुर, २४ भदौ । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०८औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको वि. सं. १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले […]

प्रधानमन्त्री देउवाद्वारा तीजको शुभकामना, सांस्कृतिक महत्वको जगेर्ना गर्दै मनाउन अनुरोध

भरतपुर, २४ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सद्भावसहितको सांस्कृतिक पर्व हरितालिका तीजका अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत तीजले नेपाली समाजमा विद्यमान लैङ्गिक जातीय वर्गीय विभेद र सबै किसिमका असमानता अन्त्य गर्दै सामाजिक सद्भाव, सहिष्णुता र मेलमिलाप बढाई समुन्नत समाजको निर्माणमा अभिवृद्धि गर्न उत्प्रेरित गरोस् भन्ने […]

एमसिसीकी उपाध्यक्ष सुमार बिहीबार बिहान काठमाडौँ आइपुग्ने

भरतपुर, २४ भदौ । बहुचर्चित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसिसी) की उपाध्यक्ष फातिमा सुमार बिहीबार बिहान काठमाडौँ आइपुग्ने भएकी छन् । परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले सुमार बिहीबार बिहान काठमाडौँ आउन लागेको जानकारी दिए । परराष्ट्रका ती उच्च अधिकारीका अनुसार सुमार कतारको दोहाबाट नेपाल आउन लागेकी हुन् । एमसिसी परियोजनाबारे नेपालमा भइरहेको चर्को […]

वाङमय लायन्स क्लबको तीज विशेष कार्यक्रम

भरतपुर, २४ भदौ । हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारी लायन्स क्लब अफ वाङमय चितवनले भरतपुरमा सचेतनामुलक तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । लायन्स क्लब अफ वाङमय चितवनकी अध्यक्ष हरिप्रिया रिजालको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार गोविन्दराज विनोदी प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथि विनोदिले धर्मसँग जोडिएको यो पर्व भड्किलो […]