भरतपुर, २४ भदौ ।
बहुचर्चित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसिसी) की उपाध्यक्ष फातिमा सुमार बिहीबार बिहान काठमाडौँ आइपुग्ने भएकी छन् ।
परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले सुमार बिहीबार बिहान काठमाडौँ आउन लागेको जानकारी दिए ।
परराष्ट्रका ती उच्च अधिकारीका अनुसार सुमार कतारको दोहाबाट नेपाल आउन लागेकी हुन् ।
एमसिसी परियोजनाबारे नेपालमा भइरहेको चर्को विरोधका कारण सुमार आउने समय भने गोप्य राखिएको छ ।
एक उच्च सुरक्षा अधिकारीका अनुसार सुमार बिहीबार बिहान काठमाडौँ ओर्लने भनिए पनि उनी ओर्लने समय भने सुरक्षा चुनौती तथा सम्भावित विरोध प्रदर्शनका कारण गोप्य राखिएको छ ।





