वाङमय लायन्स क्लबको तीज विशेष कार्यक्रम

भरतपुर, २४ भदौ ।
हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारी लायन्स क्लब अफ वाङमय चितवनले भरतपुरमा सचेतनामुलक तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

लायन्स क्लब अफ वाङमय चितवनकी अध्यक्ष हरिप्रिया रिजालको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार गोविन्दराज विनोदी प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथि विनोदिले धर्मसँग जोडिएको यो पर्व भड्किलो हुँदैगैरहेकोमा चिन्ता व्यक्त गर्दै परम्परागत रूपमा मनाउन जोड दिँदै तीजको महिमाका बारेमा चर्चा गर्नुभएको थियो ।

वाङमय चितवनका संस्थापक अध्यक्ष ऋषिप्रसाद लामिछाने, क्लबका निवर्तमान अध्यक्ष रामहरि शर्मा अधिकारी विशेष अतिथि रहेको कार्यक्रममा निवर्तमान अध्यक्ष मिरा तिमिल्सिना, गणेशप्रसाद कंडेल, सदानन्द जैसी, धनबहादुर मास्की मगर, पुष्प अधिकारी अन्जली, लीला राना मगर, उमाकान्त सापकोटा, सुजन अधिकारी,मलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य क्लबका प्रथम उपाध्यक्ष रामहरि श्रेष्ठले दिनु भएको थियो । कार्यक्रममा उपस्थित महिला लायन्सहरुले बेदनाले भरिएका तीज गीतहरु प्रस्तुत गरेका थिय । कार्यक्रमको सहजीकरण क्लबका सहसचिव राजेन्द्र पौडेलले गर्नु भएको थियो । कार्यक्रम भरतपुरका नेत्रप्रसाद सापकोटाले प्रायोजन गर्नुभएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट