आफ्नी आमाको शब्दमा गायक देवकोटाले ल्याए तीज गीत “लौरी च च”

भरतपुर, २५ श्रावण । लोक तथा दोहोरी गायक शिरीष देवकोटाले नयाँ तीज गीत सार्वजनिक गरेका छन् । सोमबार साँझ आफ्नै युट्युब च्यानलमार्फत उनले “लौरी च च” बोलको गीत सार्वजजिक गरेका हुन् । गीतको शब्द देवकोटाकी आमा टुल्कादेवीले लेखेकी हुन् भने लय पनि उनैले सङ्कलन गरेकी हुन् । गीतमा पुरुषको स्वर शिरीषले भरेका छन् भने महिलाको […]
चितवनको एसईई नतिजा : २४९ जनाले ल्याए ४.० जीपीए

भरतपुर, २५ श्रावण । चितवन जिल्लामा शैक्षिक सत्र २०७७ को एसईई परीक्षामा कूल २४९ जनाले ४.० जीपीए ल्याएका छन् । शैक्षिक सत्र २०७६ को तुलनामा २०७७ मा ४.० जीपीए ल्याउने २० जना परीक्षार्थी थपिएका हुन् । शिक्षा विकास तथा समन्वय इकाइ भरतपुरका अनुसार शैक्षिक सत्र २०७७ को अन्तिम परीक्षामा जिल्लाभरका ११ हजार ८०६ जना परीक्षार्थी […]
रोटरीद्वारा बालबालिकाको अभिभावकत्व ग्रहण

भरतपुर, २५ साउन । रोटरी क्लव अफ नारायणी मिट टाउनले पञ्चदीप आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको अभिभावकत्व ग्रहण गरेको छ । रत्ननगर-१२ मा रहेको उक्त विद्यालयमा शिशु तथा कक्षा १ र २ मा अध्ययनरत १० जना बालबालिकाहरुलाई शैक्षिकसत्र २०७८/७९ बाट कक्षा १० सम्म अध्ययन गराउने गरी अभिभावकत्व ग्रहण गर्ने दोस्रो चरणको कार्यक्रम अगाडी बढाएको छ । […]
निषेधाज्ञाको विकल्प खोजौँ
कोरोना भाइरस महामारी नियन्त्रण तथा रोकथामका लागि चितवनमा जारी गरिएको निषेधाज्ञाको समयावधि पुनः थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार आदेश जारी गर्दै साउन ३२ गते मध्यरातसम्मका लागि निषेधाज्ञा थप गरेपछि यो साढे तीन महिनासम्म तन्किएको छ । अझै कति तन्किने हो निषेधाज्ञाको अवधि भन्ने अनिश्चित नै छ । साढे तीन महिना लामो […]
यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका ७ निर्णय

भरतपुर, २५ साउन । सरकारले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि २०७८ साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले नयाँ तलबमान स्वीकृत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले […]
सबै तहका कर्मचारीको नयाँ तलबमान कायम गर्ने सरकारको निर्णय
काठमाडौं, २५ साउन । सरकारले साउन १ गतेदेखि लागू हुनेगरी सबै सरकारी कर्मचारीको नयाँ तलबमान कायम गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन १ गतेदेखि लागू हुनेगरी नयाँ तलबमान कायम गर्न निर्णय गरेको सरकारका प्रवक्ता एबम् कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनकाअनुसार निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्वास्थ्य […]
कुलमानलाई विद्युत् प्राधिकरणमा नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी

भरतपुर, २५ साउन । मन्त्रिपरिषद्को बैठक आज साँझ बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बैठक आह्वान गरेका हुन् । बैठक साँझ ५:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने जानकारी दिइएको छ । आजको बैठकको मुख्य एजेण्डा कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा नियुक्त गर्ने रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ […]
अनुमति बिना नै उडाइन्छन् ड्रोन क्यामेरा

भरतपुर, २५ श्रावण । पछिल्ला वर्षहरूमा दृश्य छायाङ्कनका लागि ड्रोन क्यामेराको प्रयोग गर्ने चलन दिनप्रतिदिन बढ्न थालेको छ । चलचित्र तथा म्युजिक भिडियोदेखि विवाह लगायत कार्यक्रमको छायाङ्कन गर्न चितवन जिल्लाभित्र पनि ड्रोन क्यामेराको प्रयोग बढ्न थालेको छ । तर अधिकांश ड्रोन क्यामेरा नियामक निकायसँग अनुमति नै नलिई सञ्चालन हुँदै आएका छन् । जसले गर्दा गोपनीयता […]
प्रधानसेनापति कमाण्ड बलाधिकृतरथी शर्मालाई

काठमाडौँ, २५ साउन । प्रधानसेनापति पूर्णचन्द्र थापाले बलाधिकृतरथी प्रभुराम शर्मालाई सङ्गठनको कमाण्ड हस्तान्तरण गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रमा प्रधानसेनापति थापाले बलाधिकृतरथी शर्मालाई नेपाली सेनाको कमाण्ड बुझ–बुझारथ गर्नुभएको हो । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई मङ्गलबारदेखि लागू हुने गरी कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी तोकिसक्नुभएको छ । सेनाको परम्पराअनुरुप प्रधानसेनापति थापा आफ्नो […]
नारायणगढमा १२ तले प्लाजा निर्माणका लागि सम्झौता

चितवन, २५ साउन। भरतपुर महानगरपालिकाले सार्वजनिक निजी साझेदारीमा नारायणगढको लायन्स चोकमा १२ तले मेट्रो प्लाजा निर्माणका लागि निजी कम्पनीसँग सम्झौता गरेको छ । महानगरपालिका र आर्या बिल्डर्स एण्ड इञ्जिनीयरिङ प्रालिबीच भरतपुर मेट्रो प्लाजा निर्माणका लागि सम्झौता गरिएको हो । जिल्लाको प्रमुख शहर नारायणगढको मुख्य भागमा अवस्थित लायन्स चोकमा पाँच तारे होटलसहितको बहुउद्देश्यीय प्लाजा निर्माण गर्न […]
टेलिकमकाे एसईई अफर : विद्यार्थीलाई निःशुल्क सिम, एक महिनासम्म कल र डाटामा पनि शुल्क नलाग्ने

भरतपुर, २५ साउन । नेपाल टेलिकमले एसईईका विद्यार्थीहरूका लागि निःशुल्क सिम कार्ड, एक महिनासम्म निःशुल्क कल र डाटा सेवा दिने भएको छ । नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरूले कक्षा १० को मार्कशिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरू परिचय पत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ । सिम लिइसकेपछि *1600# डायल […]
भूमि आयोग खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश
काठमाडौं, २५ साउन । सर्वोच्च अदालतले भूमि सम्बन्धी आयोग तत्काल खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले यस्तो आदेश दिएको हो । शेरबहादुर देउवा नेतृत्वको सरकारले १९ साउन १९मा देवी ज्ञवाली अध्यक्ष रहेको आयोग खारेज गर्ने निर्णय गरेको थियो ।उक्त निर्णय बिरुद्ध ज्ञवाली सर्वोच्च गएका थिए ।