सबै तहका कर्मचारीको नयाँ तलबमान कायम गर्ने सरकारको निर्णय

काठमाडौं, २५ साउन ।
सरकारले साउन १ गतेदेखि लागू हुनेगरी सबै सरकारी कर्मचारीको नयाँ तलबमान कायम गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन १ गतेदेखि लागू हुनेगरी नयाँ तलबमान कायम गर्न निर्णय गरेको सरकारका प्रवक्ता एबम् कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनकाअनुसार निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि साउन १ गतेदेखि लागू हुनेगरी नयाँ तलबमान कायम गर्ने निर्णय मन्‍त्रिपरिषद् बैठकले गरेको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट