झमझम पानीले भिज्यो चितवन (तस्बिरहरू)

भरतपुर, १२ जेठ । बंगालको खाडीमा न्यून चापीय प्रणालीका कारण उत्पन्न भएको “यास” चक्रवातका कारण बुधबार दिउँसो चितवन तथा आसपासका भूभागमा सामान्य वर्षा भएको छ । यहाँ मंगलबार दिउँसो पनि हावाहुरीसहित वर्षा भएको थियो । पछिल्ला केही दिनयता जिल्लाको अधिकतम तापक्रम ३८ डिग्री सेल्सियससम्म पुग्ने गरेको थियो । वर्षा पछि भने यहाँको मौसम केही शीतल […]

अस्पतालको लापरबाहीले बुबा गुमाएँ – राजेश मिश्रा

भरतपुर, १२ जेठ । नेपाली स्ट्याण्ड अप कमेडि विधामा उदाउँदै गरेका कमेडियन राजेश मिश्राले वीरगञ्जको नेसनल मेडिकल कलेज र नारायणी सरकारी अस्पतालको लापरबाहीका कारण आफ्ना बुबाले ज्यान गुमाउनु परेको रोप लगाएका छन् । बुधबार बिहान सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै उनले दुई अस्पतालको लापरबाहीले बुबाको ज्यान गएको आरोप लगाएका हुन् । “मेरो बाबाको अवस्था […]

पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल चढेको गाडी दुर्घटनाग्रस्त

भरतपुर, १२ जेठ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल सवार कार दुर्घटनामा परेको छ । दुर्घटनामा परी नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार सुदीप गौतमको टाउकोमा सामान्य चोट लागेको छ । अरू सकुशल छन् । पाेखरेलकाे प्रदेश ३—०१, ०२२ च ९२२६ नम्बरको कारमा दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी, शाखा उपाध्यक्ष […]

कोभिड–१९ को अचुक औषधिः उपवास

विश्वव्यपापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कुनै औषधि छैन । खुसीको कुरा चौतर्फी अध्ययन अनुसन्धानबाट यसका लागि खोप (भ्याक्सिन) छिट्टै बनाउन सकियो । हुन त सबैले खोप लगाउन पाएका छैनन् । तैपनि यसको सहजता विस्तारै बढ्दै जाला र सबैले यसका विरुद्ध लड्ने शक्ति प्राप्त गर्लान् । खोप लगाएर आफूलाई भाइरसविरुद्ध लड्न तयार गर्ने […]

भुसाल र पाण्डेसहितका १२ नेतालाई २४ घण्टे स्पष्टीकरण

काठमाडौँ, १२ जेठ । नेकपा एमालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ जना नेतालाई बुधबार स्पष्टीकरण सोधेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले २४ घण्टे स्पष्टीकरण सोधेर पत्र पठाइएको जानकारी दिए । ‘आज आफ्नो पार्टी नेतृत्वको सरकार ढाल्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ […]

सुदूरपश्चिममा महिलाभन्दा पुरुष सङ्क्रमित दोब्बर

सुदूरपश्चिम, १२ जेठ कोरोना सङ्क्रमणको दोस्रो लहरमा सुदूरपश्चिम प्रदेशमा महिलाको तुलनामा पुरुष बढी सङ्क्रमित देखिएका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मङ्गलबारसम्म सुदूरपश्चिमका नौ वटै जिल्लामा महिला नौ हजार ५३६ जनामा पीसीआर पोजेटिभ देखिएको छ भने २१ हजार ४४२ जना पुरुष सङ्क्रमित देखिएका छन् । कुल सङ्क्रमितमध्ये पुरुष ६९ प्रतिशत र महिला ३०।७९ प्रतिशत […]

चीनले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिने

काठमाडौँ, १२ जेठ चीनले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ । बुधवार राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका चिनियाँ समकक्षी सी जिनपिङबीच भएको टेलिफोन वार्तामा चीनले नेपाललाई दश लाख डोज खोप अनुदान सहायतामा उपलब्ध गराउने घोषणा गरेको हो । चिनियाँ राष्ट्रपति सी जिनपिङले टेलिफोन वार्ताका क्रममा नेपाललाई १० लाख डोज खोप अनुदान […]

६६७७ जना संक्रमित थपिए, ६७१६ जनालाई निको

भरतपुर, १२ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ६ हजार ६ सय ७७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार प्रकाशन गरेको अद्यावधिक तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् । गएको वैशाख १९ गतेयता पहिलो पटक नेपालमा ७ हजारभन्दा कम संक्रमित थपिएका […]

चक्रवातले भारत र बंगलादेशमा ठूलो क्षति, ११ लाखभन्दा बढी मानिसको उद्धार

नयाँ दिल्ली, १२ जेठ पूर्वी भारत र छिमेकी बंगलादेशमा भारी वर्षा सहितको चक्रवातका कारण लाखौं मानिस प्रभावित भएका छन् । “यास” नामको उक्त आँधीका कारण बुधबार बिहानसम्म ११ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थलमा सारिएको अधिकारीहरुले बताएका छन् । प्रारम्भिक विवरणमा आँधीका कारण दुई जनाको मृत्यु भएको छ भने घरहरुमा व्यापक क्षति पुगेको छ । भारतका […]

ब्राजिलमा कोरोनाबाट मर्नेको संख्या चार लाख ५० हजार नाघ्यो

ब्राजिल, १२ जेठ ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार लाख ५० हजार नाघेको यहाँको स्वास्थ्य मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । गत २४ घण्टामा कोरोना संक्रमणको कारण दुइ हजार १७३ जनाको मृत्यु भएपछि ब्राजिलमा कोरोनाबाट मृत्यु हुने संख्या चार लाख ५२ हजार ३१ जना पुगेको छ । गत २४ घण्टामा ब्राजिलमा ७३ हजार […]

लुम्बिनीमा घट्दै कोरोना सङ्क्रमण, खाली हुँदै अस्पतालका श्यया

लुम्बिनी, १२ जेठ कोरोना भाइरस सङ्क्रमणदर घट्दै गएको छ । अघिल्लो हप्ता लुम्बिनी प्रदेशमा ४० प्रतिशतको हाराहारीमा रहेको सङ्क्रमणदर ह्वात्तै घटेर २६।३ प्रतिशतमा पुगेको छ । स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी नेत्रलाल अर्यालका अनुसार सङ्क्रमित हुनेमा २५ देखि २९ वर्षका धेरै छन् । यो उमेर समूहका करीब १३ प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको छ । त्यसपछि ३० […]

एसइई सञ्चालनको विकल्पबारे कार्यदलले सुझाव तयार गर्दै

काठमाडौँ, १२ जेठ कोभिड–१९ का कारण स्थगित माध्यमिक शिक्षा परीक्षा, कक्षा १० ९एसइई० बारे कार्यदलले काम गरिरहकाले दुई साताभित्र विभिन्न विकल्पसहित सुझाव तयार हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोभिडको दोस्रो लहरको प्रभाव कहिलेसम्म रहन्छ भन्ने स्पष्ट नभएकाले नयाँ शैक्षिक सत्र र परीक्षाबारे निर्णयमा पुग्न समस्या भएको जनाउँदै एसइईबारे […]

अछाममा अक्सिजन खरिद गर्न मन्त्री आलेद्वारा एक लाख सहयोग

अछाम, १२ जेठ वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल अछाममा अक्सिजन खरीद गर्नका लागि आफ्नो व्यक्तिगततर्फबाट रु एक लाख सहयोग गर्नुभएको छ । अक्सिजन नपाउँदा कोरोना सङ्क्रमितको उपचारमा समस्या भएको जानकारी भएपछि उहाँले अस्पताललाई आफ्नातर्फबाट रु एक लाख उपलब्ध गराउनुभएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो । अछाममा अक्सिजन अभाव भएका कारण त्यहाँका […]

२४ घण्टामा चितवनमा १४ जना संक्रमितको मृत्यु, ५० जना अस्पतालबाट डिस्चार्ज

भरतपुर, १२ जेठ । पछिल्लो २४ घण्टामा चितवनका अस्पतालमा १३ जनाले ज्यान गुमाएका छन् । यस्तै थप एक संक्रमितको भने होम आइशोलेसनमा ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सोसँगै चितवनमा पछिल्लो २४ घण्टामा १४ जना संक्रमितले ज्यान गुमाएका छन् । स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार अस्पतालमा ज्यान गुमाएकामध्ये ३ जना चितवनका हुन् । […]

चितवनका २०६ जनामा संक्रमण पुष्टि, ४ जनाको निधन, कूल संक्रमित १३ हजार पुगे

भरतपुर, १२ जेठ । पछिल्लो २४ घण्टामा चितवनका थप २ सय ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १ सय ७५ जनामा पीसीआर तथा ३१ जनामा एन्टिजेन विधिद्वारा गरिएको परीक्षणबाट संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको हो । थपिएका संक्रमितसँगै चितवनका सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय २६ पुगेको छ […]

चितवनमा जेठ २० गतेसम्मका लागि निषेधाज्ञा थप

भरतपुर, १२ जेठ । चितवनमा जारी निषेधाज्ञा एक साता थप गरिएको छ । योसँगै आगामी जेठ २० गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञा रहनेछ । कोरोना भाइरस कोभिड- १९को नयाँ भेरिएन्ट तिब्ररूपमा फैलिएको भन्दै यसबाट सुरक्षित रहन जिल्ला प्रशासन कार्यालय चितवनले वैशाख १६ गते राति १२ बजेदेखि वैशाख महिनाभर जिल्लाभरि निषेधाज्ञा जारी गरेको थियो । भाइरसको संक्रमण […]

बुद्ध जन्मस्थलबारे कतिपय मुलुकका पाठ्यक्रमका त्रुटि सच्याउन प्रधानमन्त्रीको आग्रह

भरतपुर, १२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरिएको भए सच्याउन ध्यानाकर्षण गराएका छन् । ओलीले २५६५औँ बुद्धजयन्ती र बुद्ध परिनिर्वाण तथा लुम्बिनी दिवसका अवसरमा दिएको सन्देशमा भनेका छन्, ‘यस्ता कुराहरू नसच्चिएको भन्ने पनि सुनिन आएको छ । […]