चीनले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिने

काठमाडौँ, १२ जेठ
चीनले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ । बुधवार राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका चिनियाँ समकक्षी सी जिनपिङबीच भएको टेलिफोन वार्तामा चीनले नेपाललाई दश लाख डोज खोप अनुदान सहायतामा उपलब्ध गराउने घोषणा गरेको हो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले टेलिफोन वार्ताका क्रममा नेपाललाई १० लाख डोज खोप अनुदान सहायतामा उपलब्ध गराउने घोषणा गर्नुभएको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिएकी छन् ।

सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप चीनले उपलब्ध गराउने भएको हो । यसअघि पनि चीनले नेपाललाई आठ लाख डोज खोप उपलब्ध गराइसकेको छ ।

राष्ट्रपति भण्डारीले आज एकै दिन दुई छिमेकी देशका समकक्षीसँग खोप उपलब्ध गराउन आग्रह गरेकी छिन् । राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति जिनपिङसँग झन्डै पौने एक घण्टा टेलिफोनमा कुराकानी गरेकी थिइन् ।

यस्तै राष्ट्रपति भण्डारीले आज नै भारतीय समकक्षी रामनाथ कोविन्दलाई पनि पत्राचार गर्दै खोप आपूर्तिका लागि विशेष पहल गरिदिन आग्रह गरेकी छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट