चितवनमा जेठ २० गतेसम्मका लागि निषेधाज्ञा थप

भरतपुर, १२ जेठ ।
चितवनमा जारी निषेधाज्ञा एक साता थप गरिएको छ । योसँगै आगामी जेठ २० गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञा रहनेछ ।

कोरोना भाइरस कोभिड- १९को नयाँ भेरिएन्ट तिब्ररूपमा फैलिएको भन्दै यसबाट सुरक्षित रहन जिल्ला प्रशासन कार्यालय चितवनले वैशाख १६ गते राति १२ बजेदेखि वैशाख महिनाभर जिल्लाभरि निषेधाज्ञा जारी गरेको थियो । भाइरसको संक्रमण कम नभएपछि २ साताका लागि पुनः थप गरिएको निषेधाज्ञा भोलि जेठ १३ गते राति सकिँदै थियो । १ साता निषेधाज्ञा थप भएपछि अब जेठ २० गते राति १२ बजेसम्म चितवनमा निषेधाज्ञा रहनेछ ।

जिल्लामा कोरोना संक्रमितको संख्यामा बिस्तारै कमि आउन थालेको छ । स्वास्थ्य कार्यालयले जेठ ११ गते प्रकाशन गरेको तथ्यांकअनुसार जिल्लाका १६२ जना संक्रमितहरू अस्पतालमा भर्ना भएका छन् । हाल जिल्लाभरका अस्पतालमा ४१७ जना संक्रमितले उपचार गराइरहेकामा २५५ जना जिल्ला बाहिरका छन् ।           

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट