सुदूरपश्चिममा महिलाभन्दा पुरुष सङ्क्रमित दोब्बर

सुदूरपश्चिम, १२ जेठ
कोरोना सङ्क्रमणको दोस्रो लहरमा सुदूरपश्चिम प्रदेशमा महिलाको तुलनामा पुरुष बढी सङ्क्रमित देखिएका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मङ्गलबारसम्म सुदूरपश्चिमका नौ वटै जिल्लामा महिला नौ हजार ५३६ जनामा पीसीआर पोजेटिभ देखिएको छ भने २१ हजार ४४२ जना पुरुष सङ्क्रमित देखिएका छन् । कुल सङ्क्रमितमध्ये पुरुष ६९ प्रतिशत र महिला ३०।७९ प्रतिशत छन् ।

निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले केही दिनयता सङ्क्रमण दर घट्दै गइरहेको भएपनि स्वास्थ्य सर्तकता अपनाउन जरुरी रहेको बताउनुभयो । “सङ्क्रमणदर घट्दै गएपनि हामीले स्वास्थ्य सर्तकता अप्नाउन छाडे पुनः महामारीको रुप लिन सक्छ”, उहाँले भन्नुभयो, “यो आफू पनि बाच्ने र अरुलाई पनि बचाउनुपर्ने बेला हो ।”

उहाँले केन्द्र र प्रदेश सरकारको पहलमा कोरोना परीक्षण दायरा बढाउन एन्टिजेन किट खरिदको पहल भइरहेको बताउनुभयो । “ प्रदेश सरकारले २० हजार किट खरिद प्रक्रिया अघि बढाएको छ”, उहाँले भन्नुभयो, “ केन्द्रबाट पनि सुदूरपश्चिमलाई आवश्यक किट पठाउने तयारी गरेको खबर छ ।” उहाँले प्रदेश सरकारले अक्सिजन सिलिण्डर र अक्सिजन कन्सनटटे«र सबै पालिकासम्म पु¥याउने तयारी गरिरहेको बताउनुभयो ।

त्यसैगरी सुदूरपश्चिममा मङ्गलबारसम्म ३९ हजार ३०९ जनाको एन्टिजेन परीक्षण गर्दासम्म ५ हजार ७९२ जना पोजेटिभ देखिएको निर्देशनालयको तथ्याङ्कले देखाएको छ । पिसिआर परीक्षणबाट पोजेटिभ देखिएकामध्ये दश हजार भन्दा बढी यहाँ सक्रिय सङ्क्रमित रहेका छन् । यहाँ १९ हजार ९८२ जना कोरोना जितेर घर फर्किसकेका छन् भने सङ्क्रमणबाट हालसम्म २५५ जनाले ज्यान गुमाएको निर्देशनालयले जनाएको छ ।

त्यसैगरी सुदूरपश्चिममा नौ वर्ष मूनिका एक हजार ४९ जना बालबालिकामा समेत सङ्क्रमण पुष्टि भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । २५ लाख भन्दा बढी जनसङ्ख्या रहेको सुदूरपश्चिममा स्वास्थ्य संस्था, अस्पताल र स्वास्थ्य उपकरणको अवस्था भने अझै नाजुक रहेको छ ।
सुदूरपश्चिममा हालसम्म ३४ वटा मात्रै भेन्टिलेटर सहितको सघन स्वास्थ्य सुविधा रहेको छ । प्रादेशिक अस्पतालदेखि विभिन्न स्वास्थ्य संस्थासम्म गरी यहाँ ६३ आइसियु शय्या र १५४ एचडियु शय्या रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यहाँ हालसम्म १ लाख ७५ हजार सात सयको पिसिआर विधिबाट कोरोना परीक्षण हुँदा ३ हजार नौ सय ७८ जना सङ्क्रमित देखिएका छन् । कोरोना सङ्क्रमणबाट मङ्गलबार सुदूरपश्चिममा कैलालीमा पाँचसहित नौ जनाको मृत्यु भएको थियो ।
कञ्चनपुर र कैलालीसहित यहाँ भारतसित आवागमन हुने पाँच वटा नाकाबाट पछिल्लो समय दैनिक तीन देखि पाँच सय नेपालीहरु स्वदेश फर्किरहेका छन् ।रासस

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट