कोभिड–१९ को अचुक औषधिः उपवास

विश्वव्यपापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कुनै औषधि छैन । खुसीको कुरा चौतर्फी अध्ययन अनुसन्धानबाट यसका लागि खोप (भ्याक्सिन) छिट्टै बनाउन सकियो । हुन त सबैले खोप लगाउन पाएका छैनन् । तैपनि यसको सहजता विस्तारै बढ्दै जाला र सबैले यसका विरुद्ध लड्ने शक्ति प्राप्त गर्लान् ।

खोप लगाएर आफूलाई भाइरसविरुद्ध लड्न तयार गर्ने कुरा त आफ्नो ठाउँमा छ । आज पूरा विश्व यस महामारीलाई नियन्त्रण गर्ने प्राकृतिक उपायहरूको विषयमा पनि उत्तिकै सोचिरहेको छ र यिनै प्राकृतिक विधिहरूमध्येको एउटा अचुक विधि हो –‘उपवास चिकित्सा’ । 
उपवास चिकित्सा गरेर कोभिड–१९ लाई ९० प्रतिशतसम्म लगाम लगाउन सकिन्छ । यो कुरा हालसालै प्रमाणित पनि भइसकेको छ । तर, चिकित्सा विज्ञानको मूलधारले यस विधालाई महत्व नदिँदा यो उपचार विधिले खासै महत्व पाउन सकेको छैन । लेखकले कोभिड–१९ का सयौँ बिरामीहरू हेरिसकेको र उपवास गराएरै मृत्योन्मुख कोभिड–१९का बिरामीहरूलाई समेत बचाउन सफल भएको हुँदा जनसाधारणका लागि सहज होस् भनेर यो लेख लेखेको हँु । आशा छ यस लेख पढेर तपाईंहरू लाभान्वित हुनु नै हुने छ ।

के हो उपवास चिकित्सा ?
उपवासलाई हामी ब्रत पनि भन्ने गर्दछौँ । उपवास गर्दा व्याक्तिले निश्चित समयका लागि खाना त्याग गर्ने वा क्यालोरी ग्रहणमा रोक लगाउने गर्दछ । यसर्थ उपावास भन्नाले निश्चित अवधिका लागि, आफ्नै इच्छामा कुनै प्रकारका खानेकुराको त्याग गर्नु वा क्यालोरी ग्रहणमा लगाइएको रोकलाई जनाउँदछ । प्राच्य स्वास्थ्य विज्ञानले उपवासलाई ‘सर्वे रोग मल वशः लंघनम् परम औषधम्’ अर्थात सबै रोगको कारण भनेको शरीरमा संकलित मल (विजातीय द्रव्य) हो र संकलित मलको सर्वोच्च निष्कासन गर्ने उपवास परम औषधि हो भनी परम औषधिको रुपमा व्याख्या गरेको छ ।

यसैगरी आधुनिक चिकित्सा विज्ञानमा पनि उपवास गरेर अनेकौँ असाध्य रोगहरूलाई जित्न एवं रोकथाम गर्न सकिने तथ्य पत्ता लगाइसकेको छ । सन् २०१६ मा जापानिज वैज्ञानिक यासुनुरी यसुमीलाई उपवास फिजीयोलोजीमा गरेको महत्वपूर्ण खोज एवं अनुसन्धानका कारण विश्वविख्यात नोवल पुरूस्कारद्वारा सम्मानित गरिएको थियो ।

ऐतिहासिकता :
उपवास चिकित्सा परापूर्वकालदेखि प्रचलित उपचार पद्धति हो । दीर्घ तथा जीर्ण रोगहरूलाई जित्न दीर्घकालीन उपवास प्राचीन समयदेखि नै प्रचलित थियो भने सरूवा रोग एवं महामारीहरूमा अल्पकालीन एवं आवधिक उपवास गर्ने गरिन्थ्यो । सन्निपात ज्वरो होस् वा आँठे आउँदा होस् हाम्रा पिता पुर्खाले कोभिड–१९ जस्ता ठुल्ठूला महामारीहरूलाई समेत प्रतिकार गर्ने हाम्रो अमोध अस्त्र नै उपवास थियो ।

के हो कोभिड–१९ ?

कोभिड–१९ मूलतः सिभियर एक्यूट रेस्पिरेटरी सिन्ड्रम कोरोना भाइरस–२ को संक्रमणद्वारा हुने श्वास–प्रश्वासको समस्या हो । कोभिड–१९ वा सार्स कोभ–२ को लक्षण सन् २००३ मा देखापरेको सार्सकोभ र सन् २०१२ मा देखापरेको मर्सकोभसँग मिल्दाजुल्दा छन् । यो रोग लाग्दा कोरोना भाइरसले फोक्सोका कोषहरूलाई आक्रमण गर्दछन् र ती कोषहरूमा भाइरसभित्र पसेर वितण्डा मच्चाउन थाल्दछ ।
कोरोना भाइरस कोष भित्र पस्न एञ्जियोटेन्सिन कन्भटिङ इञ्जाइम–२ रिसेप्टारसँग बाँधिनु पर्दछ । रिसेप्टारसँग बाँधिएर भाइरस कोषभित्र पसिसकेपछि अनियन्त्रितरूपमा वृद्धि हुँदैै जाने र कोषहरूलाई क्षति पु¥याउने गर्दछ ।

भाइरसको आक्रमणमा परेर यसरी कोषहरू क्षतिग्रस्त हुन थालेपछि फोक्सोको स्थानीय प्रतिरक्षा प्रणाली सक्रिय हुन थाल्दछ । फलतः म्याक्रोफेज, मोनोसाइटहरू र डेन्ड्रियटिक कोषहरू सक्रिय भई भाइरस संक्रमणलाई लगम लगाउने प्रक्रियाको थालनी गर्दछन् ।
भाइरस संक्रमण हुँदा अधिकांश अवस्थामा हाम्रो प्रतिरक्षा प्रणलीले संक्रमणलाई जित्दछ र रोग ठीक हुन्छ । तर, केही अवस्थाहरूमा बिरामीको स्थिति खराब हुँदै जान्छ र निमोनिया हुने, श्वास फेर्न गाह्रो हुने र ज्यानै पनि जानसक्ने हुनसक्छ । यसर्थ अधिकांश भाइरस संक्रमणको औषधि भनेकै हाम्रो प्रतिरक्षा प्रणालीको सशक्तीकरण नै हो । उपवास यस्तो फिजियोलोजिकल विधि हो, जसको विधिवत प्रयोग गर्न जाने प्रतिरक्षा प्रणालीलाई तुरून्त सशक्त बनाइदिन्छ र कोभिड–१९ जस्तो घातक रोगबाट पनि हामीलाई बचाउँदछ ।

उपवास र अटोफेजीको प्रेरणाः

हाम्रो शरीरमा विद्यमान कोषहरूमा दैनिक हजारौँ जैवरासायनिक क्रियाहरू भइरहेका हुन्छन् । यी क्रियाहरूको उपज स्वरूप कोषहरूमा अनेकौँ प्रकारका काम नलाग्ने, विषाक्त एवं उत्परिवर्तित रसायनहरूको उत्पादन पनि भइरहेको हुन्छ । यी रसायनहरूका अलावा काम नलाग्ने कोषकीय अङ्ग वा बाहिरबाट आएका रोगकारक जीवाणु, विषाणु, ढुसी वा परजीवीहरू ले पनि कोषलाई क्षति पु¥याउन सक्दछ र ती विजातीय द्रव्यहरूलाई तुरून्त नष्ट गर्नुपर्ने हुन्छ ।

कोषहरूमा भएका यी तत्वहरूको विनाश गर्नका लागि लाईसोजोम निर्भर एक किसिमको कोषकीय प्रक्रिया छ, जसलाई कोष विज्ञानको भाषामा अटोफेजी भनिन्छ । अटोफेजी प्रक्रियामा विजातीय रसायनहरू, कोषमा काम नलाग्ने अङ्गहरू र बाहिरबाट आएका हानिकारक जीवाणुहरूलाई पचाउनका लागि कोषभित्रै दुईपत्र भएको थैलीको निर्माण गरी इञ्जाइमहरूको माध्यमद्वारा पाचाउने गरिन्छ ।

यी विषाक्त तत्वहरूको पाचनपश्चात ग्लुकोज वा अन्य सुगर, न्यूक्लियोटाइड्स, एमाइनो एसिड, फ्याट्टी एसिड जस्ता पोषक तत्वहरूको उत्पादन हुन्छ र यी तत्वहरूको उपयोग कोषले पुनः गर्दछ । यदि कोषभित्र आक्रमण गर्ने विजातीय द्रव्य भाइरस भए भाइरसलाई पनि अटोफेजी प्रक्रियाद्वारा नै नष्ट गर्ने गरिन्छ । बाहिरबाट गएका ब्याक्टेरिया, भाइरस, फङ्गस र परजीवीहरूलाई नष्ट गर्ने यो कोषकीय प्रक्रियालाई कोष विज्ञानको भाषामा जीनोफेजी भन्ने गर्दछौँ ।

जीनोफेजी प्रक्रिया पनि कोषभित्र पसेका भाइरसहरूलाई विघटित गर्ने विधि हो । सार्स–कोभ–२ को आक्रमण हुँदा यदि हामीले उपवास ग¥यौँ भने कोष–कोषमा जीनोफेजी प्रक्रिया उत्प्रेरित भई भाइरसलाई प्रतिरक्षा प्रणाली सक्रिय हुनुपूर्व नै नष्ट गरिदिन्छ । अटोफेजी प्रक्रियाद्वारा भाइरस नष्ट गर्न मुख्यतः लार्ईसोजोमल इन्जाइम प्रणाली सक्रिया हुन जरूरी छ । यस प्रक्रियामा सर्वप्रथम फेगोफोरको निर्माण त्यसपश्चात फेकोजोमको निर्माण र अन्तत्वगत्वा फेगोलाईसोजोम बनेर इन्जाइमहरूको माध्यमद्वारा भाइरसहरूलाई नष्ट गर्ने गरिन्छ ।

यसका अतिरिक्त अटोफेजी प्रक्रिया कोषको जीवितता, मृत्यु, बुढ्यौली र प्रतिरक्षासँग पनि आवद्ध छ । अटोफेजी प्रक्रिया उत्प्रेरित भएमा प्रतिरक्षा प्रणालीका घटक कोषहरू जस्तै टी–कोष, बी–कोष, लिम्फोसाईट्स, डेन्ड्रिटिक कोष, म्याक्रोफेजेज र नेचुरल किलर कोषहरूलाई समेत नियमन गरि व्यावस्थित तुल्याउदछ। अटोफेजी प्रक्रियाले विशेषतः यी कोषहरूको उत्तरजीविता, समस्थिति, वृद्धि एवं बर्धन, सक्रियकरण र विभिन्नीकरण जस्ता क्रियालाई प्रभाव पार्ने गर्दछ । यसका अलावा अटोफेजी प्रक्रियाले प्रतिरक्षात्मक कोषहरूलाई एण्टिबडी र साईटोकाईन्स उत्पादन गर्न पनि प्रेरित गर्दछ । यसैगरी प्राकृतिक प्रतिरक्षा प्रणालीलाई सक्रिय पार्न अटोफेजी उत्प्रेरणले प्राकृतिक प्रतिरक्षाका लागि आवश्यक नोड–लाईक–रिसेप्टार र टोल–लाईक–रिसेप्टारलाई उत्तेजित गर्ने गर्दछ । यी रिसोप्टारहरू उत्तेजित भएपश्चात साईटोकाईन्सहरूको उत्पादन, नेचुरल–किलर–कोष र टी–कोषहरूको सक्रियकरण र फेगोसाईटोसिस प्राकृतिक प्रतिरक्षाका प्रक्रियाहरू सुरू हुन्छन् ।

यसैगरी आर्जित प्रतिरक्षा प्रणालीका घटक जस्तै मेजर–हिष्टो–कम्पेबिलिटी–कम्प्लेक्स र एण्टिजीन प्रजेन्टेसन, लिम्फोसाईटसहरूको विकास, थायमिक टी–कोषहरूको चयन, ईन्फ्लामेसनको सूचना र साईटोकाईन्स हरूको नियमनमा अटोफेजीको उत्प्रेरणाले महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । आर्जित प्रतिरक्षा प्रणालीलाई मुख्यतः सीडी–४+ र सीडी–८+ लिम्फोसाईट्स कोषहरूले नियनम गर्र्ने गर्दछ । सीडी–४+ लिम्फोसाईट्स र एण्टिजीन प्रजेन्टिङ कोष दुबैको सक्रियाताले परिपक्क टी–कोषको विकास गरी परिपक्व एण्टिबडीहरूको उत्पादन गर्दछ ।
अटोफेजी प्रक्रियालाई बढावा दिन एण्टिजीन प्रजेन्टेसन र अटोफेजी एक्टिभेसन रिक्रुट एटीजी–८ र एलसी–३ को भूमिका हुन्छ किनकि यी सबैले अटोफेजी प्रक्रियाको मुख्य घटक फेगोफोर बनाउनमा महत्वपूर्ण भूमिका खेल्दछ । एण्टिजीन प्रजेन्टिङ कोषमा अटोफेजी प्रक्रिया सुरू हुन भाइरल एण्टिजेनको एटीजी–८ र एलसी–३ जस्ता प्रोटिनहरूसँग संसर्ग भई मेजर हिस्टो कम्पेविलिटी कम्प्लेक्स–२ को माध्यमद्वारा सीडी–४+टी–कोषलाई एण्टिजीन हस्तान्तरण गरी परिपक्व हेल्पर टी कोस बनाउन मद्दत गर्दछ ।

यसैगरी मेजर हिस्टो कम्पेविलिटी कम्प्लेक्स–१ को माध्यमद्वारा हुने सीडी–८+टी–कोष एक्टिभेसनमा पनि एण्टिजीन प्रजेण्टिङ्ग कोषमाहुने अटोफेजी प्रक्रियाको ठूलो हात हुन्छ । यसैगरी अटोफेजी प्रक्रियाले टी–कोषहरूको उत्तरजीविता र वृद्धि–वर्धनमा पनि ठूलो मद्यत गर्दछ। यसै गरि साईटोकाईन्सको प्रेरणमा विकसित हुने टी हेल्पर सेल सबसेट को विकासमा अटोफेजीले टीएच–२ सबसेटको विकासलाई निशेध गर्ने र टीएच–१ सबसेटको विकासलाई बढावा दिने गर्दछ ।

यसैगरी अटोफेजी प्रक्रियाले बी–कोषको विकास र उत्तरजीवितामा पनि उत्तिकै महत्वपूर्ण भूमीका खेल्दछ। अटोफेजी प्रक्रिया ठिक नभएको अवस्थामा बी–कोषहरूले पनि साईटोकाईन्स र एण्टिबडीहरूको उत्पादन गर्न सक्दैन।यसका अलावा अटोफेजीले प्लास्म कोषहरूको विभिन्निकरण र एण्टिबडी उत्पादन गर्ने कार्यपनि गर्दछ।यसर्थ प्लास्म कोषहरूलाई नियमितरूपमा एण्टिबडीहरूको उत्पादन गर्न अटोफेजी प्रक्रियाको सहयोग चाहिन्छ ।

उपवासले कसरी अटोफेजीलाई उत्पे्ररित गर्दछ ?

अटोफेजी प्रक्रियाको सुरूआत कोषहरूलाई तनाव भएको बेलामा वा कोषलाई खानेकुरा नभएको बेलामा हुने गर्दछ । अटोफेजी प्रक्रियाद्वारा कोषले खेर फालिएका, हानिकारक एवं विजातीय तत्वहरूलाई रिसाईकिल गरेर पुनः ऊर्जा बनाउनमा प्रयोग गर्ने गर्दछ । जब कोषलाई पर्याप्त मात्रामा खानेकुरा मिल्दैन वा कोष तनावमा आउँदछ, त्यस अवस्थामा यूएनसी–५१ लाईक काईनेज (यूएलके) कम्प्लेक्स को उत्प्रेरणा सुरू हुन्छ ।

(यूएलके) कम्प्लेक्ससँग एउटा एम–टीओआर प्रोटीन पनि जोडिएको हुन्छ । जब हामी उपवास गर्दछौँ, त्यस अवस्थामा (यूएलके) कम्प्लेक्सबाट एम–टीओआर अलग हुन्छ र त्यसपछि अटोफेजी प्रक्रियाको सुरूआत हुन्छ । यसैगरी उपवास गर्दा अटोफेजीसँग आबद्ध थुप्रै प्रोटिनहरू जस्तै एटीजी–६, एटीजी–७, एटीजी–८, एलसी–३–२, पी–६२, बेक्लिीन–१, सर्ट–१, एलएएमपी–२, एटीजी–१०१ को पनि उत्पादन हुने हँदा अटोफेजी सुरू हुन्छ ।

यसैगरी अटोफेजीकोलाई निरूद्ध गरिएमा भाइरसहरूको रिप्लिकेसन बढ्नगई संक्रमण बढ्दछ । अथवा संक्रमण बढेको अवस्थामा भाइरसले नै अटोफेजीलार्ई निरूद्ध पनि गर्दछ।अहिले भर्खरै भएका अध्यायन हरूले पनि सार्स–एन–कोभ–२को संक्रमणले पनि अटोफेजी प्रक्रियालाई निरूद्ध गर्ने गर्दछ र अटोफेजी उत्पेरण गर्ने औषधिको सेवनले यो संक्रमण नियन्त्रण गर्न मद्यत गर्दछ । ठीक यसैगरी उपवास गर्दा अटोफेजीको उत्प्रेरणा हुने हुदाँ सार्स–एन–कोभ–२को संक्रमण रोक्दछ। उपवास बस्दा हाम्रो शरीरका कोषहरूमा अटोफेजी प्रक्रियाको सुरूवात हुन्छ । अटोफेजी प्रक्रियाको सुरूवात भएपश्चात प्रतिरक्षा प्रणाली पनि सशक्त हुन्छ ।

सार्स–एन–कोभ–२ ईन्फेक्सन हुँदा पनि भाइरस फोक्साको कोषभित्र पसेर कोषहरूको सिस्टम कब्जा गरेर रिप्लिकेट हुने हुँदा यसले फोक्सोका कोषहरू क्षतिग्रस्त हुन्छन् । यसर्थ भाइरसहरूको कारणले हुने कोषकीय क्षतिलाई रोक्न उपवास चिकित्सको वैज्ञानिक प्रयोग गरी कोषकोषमा अटोफेजी उत्प्ररित गर्नुपर्ने हुन्छ ।

कसरी गर्ने उपवास ?

कोभिड–१९ मा सरल तरिकाले गर्न सकिने भनेको आवधिक उपवास यानिकी ईन्टरमिटेण्ट फास्टिङ हो । ईन्टरमिटेण्ट फास्टिङमा संक्रमितले २४ घण्टाको समयलाई ८ घण्टा खाना खाने समय र १६ घण्टा भोकै बस्ने समय भनेर छुट्याएको हुन्छ । यसरी छुट्याउँदा बिहान ९ः०० बजेदेखि साँझ ५ः०० बजेसम्मको अविधिलाई खाना खाने समय र साँझ ५ः०० बजेदेखि बिहान ९ः०० बजेसम्मको अवधिलाई भोकै बस्ने समय भनेर छुट्याउँदा राम्रो हुन्छ ।

यस ८/१६ को समयलाई ६/१८ र विस्तारै बढाएर ४/२० पनि गर्न सकिन्छ । यसरी खाना खाने र भोकै बस्ने अवधि छुट्याएर उपवास बस्दा खाना खाने अवधिमा भने प्रशस्त मात्रामा पौष्टिक तत्व लिनुपर्ने हुन्छ । खानामा विशेषतः उच्च रेशा र चोकर भएको, झोलिलो, प्रशस्त भिटामिन एवं एण्टिअक्सिडेण्टलयुक्त खाना खानुपर्ने हुन्छ ।

यदि तपाईं प्राकृतिक चिकित्सालयमा हुनुहुन्छ भने पहिले छोटो अवधिको उपवास गरेर अनि आवधिक उपवास गर्न सक्नुहुन्छ । यसैगरी तपाईं संक्रमित होइन र उपवास कोभिड–१९ को रोकथामका लागि गर्दै हुनुहुन्छ भने प्राकृतिक चिकित्सकको सल्लाहमा लामो, छोटो, मध्यम वा आवधिक उपवास गर्न सक्नुहुन्छ ।

(लेखक योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय भरतपुर—१, वागीश्वरी, देवघाटधाम, चितवनका मेडिकल डाइरेक्टर हुन् ।)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट