सम्पादकीय : लोकतन्त्रको जित

यो जित कसको ? लोकतन्त्रको । हो, सर्वोच्च अदालतले मंगलबार ऐतिहासिक फैसला गर्दै लोकतन्त्रलाई हार्नबाट जोगाएको छ । निरंकुशतन्त्रको बुटमुनि कुल्चिएर मर्नबाट जोगाएको छ । लोकतन्त्रको यो जितमा देशवासी खुसी भएका छन् । खुसी साटासाट गर्दै दीपावली गरेका छन् । आफ्नै पार्टीभित्रको किचलो बढ्दै जाँदा सत्ताबाट बाहिरिनु पर्ने डरले प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस […]

चितवनको विरोधसभा विजयसभामा बदलियो

भरतपुर, ११ फागुन नेकपा (प्रचण्ड–माधव समूह)ले चितवनमा आयोजना गरेको विरोधसभा विजयसभामा परिणत भएको छ । प्रतिनिधिसभा विघटन गर्ने नेपाल सरकारको गत पुस ५ गतेको निर्णय बदर गर्ने गरी सर्वोच्च अदालतले फैसला आएलगत्तै यहाँको सभाको स्वरुप परिवर्तन गरिएको हो । बुधबार दिउँसो भरतपुरको केन्द्रीय बस टर्मिनल चौरमा विजयसभा गरिँदैछ । “परिस्थित उल्टियो”, नेकपा (प्रचण्ड–माधव समूह)का चितवन […]

सर्वोच्चको फैसला ऐतिहासिक र स्वागतयोग्य : देउवा

काठमाडौं, ११ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला ऐतिहासिक भएको भन्दै स्वागत गरेका छन् । विघटित प्रतिनिधिसभा पुनःस्थापना हुने गरी सर्वोच्चले गरेको फैसलाको सम्मान गर्दै देउवाले ऐतिहासिक भनेका हुन् । ओली नेतृत्वको नेकपाको सरकारले प्रतिनिधिसभा विघटन गरेको घटनालाई नेपाली कांग्रेसले तत्काल नै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम भनी […]

यस्तो छ संसद् पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला (पूर्णपाठ)

भरतपुर, ११ फागुन सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको छ । सर्वोच्चको मंगलबार बसेको संवैधानिक इजलासले पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको हो । फैसलाको १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश भएको छ । आजको फैसलाको पूर्णपाठ यस्तो छ  :  

संसद् विघटन गर्ने निर्णय सर्वोच्चद्वारा बदर

काठमाडौँ, ११ फागुन सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन बदर गरिदिएको छ।  २ महिना लामो बहसपछि सर्वोच्चको संवैधानिक इजलासले सर्वसम्मत रूपमा संसद विघटन गर्ने निर्णय बदर गरेको हो। मंगलबार साँझ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सुनाएको आदेशमा  १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि भनिएको छ। ‘संविधानको धारा ७६ को १ अनुसारको बहुमतको प्रधानमन्त्रीले […]

संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला

काठमाडौं, ११ फागुन । सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा फैसला सुनाएको छ । प्रतिनिधिसभा विघटनको सरकारी निर्णय बदर गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको संवैधानिक इजलासले विघटनको निर्णयलाई बदर गरेको हो । सर्वोच्चको यो निर्णयसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा ‘ब्युँतिएको’ छ । प्रधानन्यायाधीश जबराले निर्णयको व्यहोरा वाचन गर्दै बहुमत प्राप्त प्रधानमन्त्रीलाई संविधानको धारा […]

निसानको म्याग्नाइट अब चितवनमा पनि

भरतपुर, ११ फागुन । चितवनका लागि निसान मोटर्सको आधिकारिक बिक्रेता रहेको एबीएस एक्स्पोर्ट इम्पोर्ट प्रा.लि.ले नयाँ मोडलको गाडी सार्वजनिक गरेको छ । प्रा.लि.ले मंगलबार एसयुभी सेग्मेन्ट अन्तर्गतको निसान म्याग्नाइट गाडी सार्वजनिक गरेको हो । प्रा.लि.का अनुसार म्याग्नाइट गाडी ९९९ सीसी क्षमताको १ लिटर बीफोरडी पेट्रोल र ९९९ सीसीकै १ लिटर टर्बाे एचआरएओ पेट्रोल गरी विभिन्न […]

अटो रिक्सा र बोलेरो ठोक्किँदा दुई जना घाइते

भरतपुर, ११ फागुन । भरतपुर महानगरपालिका वडा नं ४ अद्वैत चोकमा अटो रिक्सा र बोलेरो ठोक्किँदा दुई जना घाइते भएका छन् । विशाल चोकबाट धर्म चोकतर्फ आउँदै गरेको प्रदेश ०३ ००१ ह ३७७ नम्बरको अटोलाई धारापानी चोकबाट चाणक्य चोकतिर जाँदै गरेको वाग्मती प्रदेश ०३ ००१च ०४४० नम्बरको बोलेरोले चोक काट्ने क्रममा मंगलबार बिहान करिब साढे […]

हालसम्म देखिएको छैन गम्भीर ‘साइड इफेक्ट’

भरतपुर, ११ फागुन । चितवनमा कोरोना भाइरस विरुद्धको खोप लगाएका कसैमा पनि गम्भीर खालको प्रतिक्रिया नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । हालसम्म दुई चरणमा चलाइएको अभियानमा जिल्लाका १३ हजार ५०० जनाले पहिलो मात्राको खोप लगाइसकेका छन् । माघ १७ गते पहिलो मात्राको खोप लगाएका कार्यालयका प्रमुख दीपक तिवारीले आफूमा कुनै पनि गम्भीर खालको […]

सुरक्षा परिषदको बैठक बस्दै

काठमाडौं, ११ फागुन । विभिन्न अडकलबाजी भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुरक्षा परिषदको बैठक बोलाएका छन् । बैठक सिंहदरबारस्थित परिषदको कार्यालयमा बैठक बस्नेछ । बैठकको एजेण्डाका बारेमा केही भनिएको छैन । राष्ट्रिय विपद र सुरक्षामा खतरा पैदा भए सेना परिचालन गर्ने निर्णय गर्न सुरक्षा परिषदको बैठक बस्ने गर्दछ । प्रधानमन्त्री अध्यक्ष रहने सुरक्षा […]

गजल

नाता – सम्बन्ध सारा पैसाको भैसकेछ आँखाको थियो नानी चश्माको भैसकेछ । आफू लागेँ सधैँ छेउ,हाँसो मेरो कलिलो, मालाले बेरिएर भित्ताको भैसकेछ । भन्दै थियो पटुकी, गर्दै थियो गुनासो, मैले बोकेको गाग्री धाराको भैसकेछ । भुइँमा पोखिन के बेर, केही वर्षै नलाग्ला, सिउँदोको रातो सिन्दूर बट्टाको भैसकेछ । तिम्रो हिरामोती मै, हो भन्ने भ्रमले डाँके, […]

१० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल आज

काठमाडौं, ११ फागुन । नेपाल राष्ट्र बैंकले मंगलबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार ‘विकास ऋणपत्र, २०८५ घ’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागिएको हो । कूल आठ वर्षे अवधिको सो ऋणपत्रको ब्याजदर पनि बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था, […]

Sampurna Kitab Library