१० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल आज

काठमाडौं, ११ फागुन ।
नेपाल राष्ट्र बैंकले मंगलबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार ‘विकास ऋणपत्र, २०८५ घ’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागिएको हो । कूल आठ वर्षे अवधिको सो ऋणपत्रको ब्याजदर पनि बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले सो ऋणपत्र खरिद गर्न सक्नेछन् । सो ऋणपत्र धितोमा राखेर कर्जा लिन वा दिन पाइने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ ।

प्रतिस्पर्धी र अप्रतिस्पर्धी गरी दुई ढाँचामा विकास ऋणपत्र खरिदका लागि बोलकबोल प्रक्रियामा भाग लिन पाइनेछ । कूल बिक्री गर्न लागिएको रकममध्येको प्रतिस्पर्धीतर्फ ८५ प्रतिशत बराबरको आठ अर्ब २५ करोडरुपैयाँ र अप्रतिस्पर्धी तर्फको १५ प्रतिशत अर्थात् एक अर्ब ५० करोड रुपैयाँ गरी विभाजन गरिएको छ ।

घटीमा ५० हजार रुपैयाँ र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निशेषः भाग जाने अङ्कमा खरिद गर्न पाउने व्यवस्था गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library