भरतपुर, ११ फागुन ।
चितवनका लागि निसान मोटर्सको आधिकारिक बिक्रेता रहेको एबीएस एक्स्पोर्ट इम्पोर्ट प्रा.लि.ले नयाँ मोडलको गाडी सार्वजनिक गरेको छ । प्रा.लि.ले मंगलबार एसयुभी सेग्मेन्ट अन्तर्गतको निसान म्याग्नाइट गाडी सार्वजनिक गरेको हो ।
प्रा.लि.का अनुसार म्याग्नाइट गाडी ९९९ सीसी क्षमताको १ लिटर बीफोरडी पेट्रोल र ९९९ सीसीकै १ लिटर टर्बाे एचआरएओ पेट्रोल गरी विभिन्न दुई इञ्जिनमा उपलब्ध हुनेछ । म्याग्नाइटको पेट्रोल गाडीले १८.७५ किमि प्रति लिटर तथा टर्बाे पेट्रोल गाडीले २० किमि प्रति लिटरको माइलेज दिने सोरुमको दाबी छ । यस्तै सामान्य पेट्रोल इञ्जिनले ७२ तथा टर्बाे इञ्जिनले १०० हर्सपावरको शक्ति उत्पन्न गर्न सक्ने बताइएको छ ।
गाडी ११ वटा भ्यारियन्ट तथा ८ वटा रंगमा उपलब्ध हुने कम्पनीले जनाएको छ । सबै गाडीमा ५ स्पीडको म्यानुअल ट्रान्समिसन रहेको छ । गाडीको इन्धन क्षमता ४० लिटरको रहेको छ भने कार्गाे स्पेस ३३६ लिटरको छ जसलाई ६९० लिटरसम्म बढाउन मिल्छ । गाडीमा पावर स्टेरिङ, क्रुज कन्ट्रोल, वायरलेस चार्जर, टच स्क्रीन नेभिगेसन प्यानल, लगायतका विशेषता रहेका छन् । भ्यारियन्ट अनुसार गाडीका विशेषता फरक पर्न सक्ने पनि कम्पनीले बताएको छ । नेपालमा निसान म्याग्नाइट गाडीको बजार मूल्य २९ लाख ४९ हजार रुपैयाँदेखि सुरु हुने बताइएको छ ।
गाडी सार्वजनिकीकरण कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ, उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष सुमन श्रेष्ठ, एबीएस एक्स्पोर्ट इम्पोर्टका प्रबन्ध निर्देशक अन्जान शाक्य, लगायतको उपस्थिति रहेको थियो ।





