नाता – सम्बन्ध सारा पैसाको भैसकेछ
आँखाको थियो नानी चश्माको भैसकेछ ।

आफू लागेँ सधैँ छेउ,हाँसो मेरो कलिलो,
मालाले बेरिएर भित्ताको भैसकेछ ।

भन्दै थियो पटुकी, गर्दै थियो गुनासो,
मैले बोकेको गाग्री धाराको भैसकेछ ।

भुइँमा पोखिन के बेर, केही वर्षै नलाग्ला,
सिउँदोको रातो सिन्दूर बट्टाको भैसकेछ ।

तिम्रो हिरामोती मै, हो भन्ने भ्रमले डाँके,
तिमीलाई मेरो माया जाबाको भैसकेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library