लकडाउनका कारण खानाबाट बञ्चित भएकालाई भरतपुर फूटबल क्लवको खाद्यान्न सहयोग

भरतपुर, १७ चैत भरतपुर फूटबल क्लवले लकडाउनका कारण खानाबाट बञ्चित भएका परिवारलाई खाद्यान्न सहयोग गरेको छ । दैनिक ज्यालादारी मजदुरी गरेर खानेहरुलाई लकडाउनले अप्ठेरोमा पारेका कारण सहयोग गरिएको क्लवले जनाएको छ । क्वलले भरतपुर-१० ओम शान्ति चोक र इन्द्रेणी चोक आसपासका विपन्न व्यक्तिहरुलाई सहयोग गरेको हो । उनीहरुलाई चामल, दाल, आलु, गुन्द्रुकलगायतका खाद्यान्न सहयोग गरेको […]
काँग्रेस चितवनका युवा नेता रामकुमार श्रेष्ठले गरे ज्यालादारी मजदुरलाई खाद्यान्न सहयोग

भरतपुर, १७ चैत नेपाली काँग्रेस चितवनका युवा नेता तथा व्यवसायी रामकुमार श्रेष्ठले लकडाउनका बेलामा खाद्यान्न अभावमा झेलिरहेका नारायणगढका दैनिक ज्यालादारी मजदुरहरुलाई खाद्यान्न सहयोग गरेका छन् । नारायणगढस्थित नारायणी नदी किनारमा रहेको सुकुम्बासी बस्तीका १८ परिवारलाई उनले खाद्यान्न सहयोग गरेका हुन् । उनले आज (सोमबार) विहान सोही स्थानमा पुगेर केही दिनलाई पुग्ने गरी चामल, दाल, नुन, […]
कोरोना भाइरस संक्रमणको आशंकामा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू आइसोलेसनमा

१७ चैत/इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू कोरोना भाइरस (कोभिड-१९) संक्रमणको आशंकामा आइसोलेसनमा बस्ने भएका छन् । सल्लाहकार रिभ्का पाउकलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेतान्याहू पनि आइसोलेसन बस्ने भएका हुन् । स्थानीय सञ्चारमाध्यमहरुले दिएको जानकारी अनुसार नेतान्याहूले स्वास्थ्य मन्त्रालयको दिशानिर्देशलाई पूर्णरुपमा पालना गर्नेछन् । नेतान्याहू १४ दिनसम्म आइसोलेसनमा बस्न सक्ने बताइएको छ । पाउक गत साता […]
सुनको भाउ: माग घट्दा झन चर्को, तोलाकै ८५ हजार !

काठमाडौं, १७ चैत डलरको आकासिएको मूल्यले गर्दा सुनको भाउ प्रतितोला ८५ हजार हाराहारीमा पुगेको सुन चाँदी व्यवसायीले दाबी गरेका छन् । लकडाउनका कारण देशैभरको व्यवसाय बन्द गरेर नेपालमा सुनको भाउ नतोके पनि अन्तराष्ट्रिय बजार मूल्यले त्यही बताउने महासचिव बज्राचार्यले बताए । भाउमा आएको निरन्तरको उतार–चढावका कारण गत साउनदेखि नै सुन बजार अस्तव्यवस्त बनेको, तर त्यसलाई […]
भरतपुर कोरोना अस्पतालमा आज ७ जना बिरामी भर्ना, ११ जनाको स्वाब परीक्षणका लागि पठाइयो

भरतपुर, १७ चैत कोरोना विशेष अस्पतालको ओपिडीमा आज २८ जनाले सेवा लिएका छन् । उनीहरुमध्ये ७ जनालाई भर्ना गरिएको जानकारी अस्पतालले दिएको छ । यो सँगै आइसोलेसन वार्डमा भर्ना हुनेको संख्या १३ पुगेको छ । आज ११ जनाको स्वाब परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ । स्वाब संकलन गरिएकामध्ये एक पुरानो मेडिकल कलेजको पीआइसियुबाट ल्याइएका […]
औषधी, खाद्यान्न, कृषि तथा पशुजन्य उत्पादन तथा बिक्री वितरण नियमित गर्न चितवन प्रशासनको निर्देशन

भरतपुर, १७ चैत जिल्लाको जनजीवन सामान्य वनाउन जिल्ला प्रशासन कार्यालय चितवनले औषधी, खाद्यान्न, कृषि तथा पशुजन्य उत्पादन तथा बिक्री वितरण गर्ने फर्महरुलाई नियमित सञ्चालन गर्न अनुरोध गरेको छ । माग र आपूर्तिको सन्तुलन कायम गर्न प्रशासनले औषधी तथा औषधीजन्य वस्तु, स्वास्थ्य उपकरण, खाद्यान्न, तरकारी, फलफुल, माछामासु, दूध तथा दूग्धजन्य पदार्थ, चिनी, तेल, पशुपंक्षीजन्य आहार, इन्धन […]
लकडाउनले चितवनको कुखुरा व्यवसायमा धक्का: मासु, अण्डा बिक्री हुनै छाड्यो

भरतपुर, १७ चैत(कायाकैरन) विश्वव्यापी महामारीको रूप लिइरहेको कोरोना भाइरसको संक्रमण फैलन नदिन नेपालले पनि लकडाउन लागू गरिसकेको छ । चैत ११ गतेदेखि सुरु भएको लकडाउनका कारण देशैभरका बजार, पसल तथा सडक सुनसान छन् । लकडाउनका कारण चितवनको पोल्ट्री व्यवसायलाई पनि धक्का पुगेको छ । बजार तथा पसल बन्द रहँदा उत्पादन भएका कुखुरा तथा अण्डाको बजारीकरण […]
कोरोना संक्रमणको आशंका गरिएका दुई बिरामीको वीर अस्पतालमा मृत्यु
काठमाडौं, १७ चैत कोरोना संक्रमणको आशंका गरिएका दुई बिरामीको काठमाडौंको वीर अस्पतालमा मृत्यु भएको छ । मृत्यु हुनेमा भारतबाट हालै फर्किएका ५० वर्षका पुरुष र चन्द्रागिरि नगरपालिका सतुंगलकी ३४ वर्षकी महिला छन् । वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीका अनुसार दुबै जनाको कोरोना संक्रमण परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाइएको छ । तर रिपोर्ट […]
बुटवलमा मृत्यु भएका युवकमा कोरोना संक्रमण नभएको पुष्टि

बुटवल, १७ चैत आइतबार बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । युवकको दुई पटकको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको अस्थायी अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए । पाल्पा रिब्दीकोट स्थायी घर भई बुटवल सैनामैना-४ सिसौडाडा बस्ने ३४ वर्षका बाबुराम थापा क्षेत्रीको दोस्रो स्वाब परीक्षणको […]
कोरोना संक्रमणको आशंकामा वीर अस्पतालमा भर्ना भएकी एक युवतीको मृत्यु

काठमाडौं, १७ चैत वीर अस्पतालमा कोरोना संक्रमणको आशंकामा भर्ना भएकी एक युवतीको मृत्यु भएको छ । वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीका अनुसार उनलाई सोमबार बिहान बेहोस अवस्थामा अस्पताल ल्याइएको थियो । ‘उनी भारतबाट यही साता नेपाल आएकी रहिछन् । यहाँ ल्याउँदा ज्वरो पनि थियो, सास फेर्न पनि गाहो भइरहेको थियो’ निर्देशक सेञ्चुरीले भने, ‘हामीले […]
कोरोना संक्रमितको उपचारका लागि सीएमसीको शर्त ‘स्वास्थ्यकर्मीको सुरक्षाको व्यवस्था गर्नुपर्यो‘

भरतपुर, १७ चैत चितवन मेडिकल कलेज(सीएमसी)ले सरकारले अनुरोध गरेमा अस्पताललाई कोरोना संक्रमितको उपचार गराउने अस्पताल बनाउन सक्ने बताएको छ । तर यसका लागि उसले स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षाको व्यवस्था गर्नुपर्ने शर्त राखेको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सीएमसीले पर्याप्त सुरक्षा सामग्री नदिकन कोरोना संक्रमितको उपचार गर भन्नु सैनिकलाई हतियार बिना लडाइमा जा भने […]
रोटरीले सुरु गर्यो चितवनका अस्पतालमा डिसइन्फेक्सन छर्ने अभियान

भरतपुर, १७ चैत रोटरी क्लव अफ चितवनले जिल्लाका अस्पतालहरुमा डिसइन्फेक्सन छर्न सुरु गरेको छ । कोरोना भाइरसको जोखिमलाई कम गर्न अस्पतालहरुमा डिसइन्फेक्सन छर्न सुरु गरेको क्लवले जनाएको छ । सोमबार चितवन मेडिकल कलेजबाट अस्पतालहरुमा छर्ने कार्यको सुरुआत गरिएको क्लवका अध्यक्ष राजु पैडेलले बताए । भरतपुर कोरोना अस्थायी अस्पताल, भरतपुर अस्पताल तथा अन्य अस्पतालहरुमा पनि डिसइन्फेक्सन […]
सरकारले सुरक्षामा चासो नदिएको प्रति एम्बुलेन्स चालकहरुको आपत्ति

भरतपुर, १७ चैत कोरोना संक्रमितहरुको उपचारमा आफूहरुको संलग्नतालाई वेवास्ता गरिएको भन्दै एम्बुलेन्स चालकहरुले आपत्ति जनाएका छन् । संयुक्त एम्बुलेन्स चालक संघ (ट्रेड युनियन महासंघ) नेपालका केन्द्रीय अध्यक्ष नवराज लामिछानेले सोमबार एक विज्ञप्ती जारी गर्दै सरकारले गरेको विभेदको आलोचना गरेका हुन् । “नेपाल सरकारद्धारा यस रोगको प्रत्यक्ष प्रभावित भनि केवल स्वास्थ्यकर्मीहरुलाई मात्र भनिएकोमा सरकारको हामी ध्यानाकर्षण […]
आज देखि हेटौँडाबाटै कोराना भाइरसको परीक्षण हुने
हेटौंडा, १७ चैत वागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले आजदेखि प्रदेश राजधानी हेटौँडाबाटै कोरोना भाइरस परीक्षण हुने बताउनुभएको छ । आइतबार रासससँग कुरा गर्दै मन्त्री दुलालले हेटौँडाको किटजन्यरोग अनुसन्धान केन्द्र (भिभीडी आरटिसी) मा रहेको प्रयोशालालाई व्यवस्थित बनाएर कोरोना भाइरसको परीक्षण गरिने बताउनुभयो । यही स्वाब सङ्कलन गरेर परीक्षण गर्ने र सङ्क्रमित पाइएमा उपचारका लागि व्यवस्था […]
डेढ लाखभन्दा धेरैलाई निको भयो कोरोना भाइरस, इटलीका १३ हजार बढीलाई निको

काठमाण्डाै, १७ चैत विश्वका विभिन्न देशमा अहिलेसम्म डेढ लाखभन्दा धेरै कोरोना भाइरस (काेभिड १९) सङ्क्रमित उपचारपछि निको भएका छन् । एक ९९ देश र दुई वटा अन्तर्राष्ट्रिय पानीजहाजमा फैलिएको कोरोनाका कारण सात लाख २० हजार ६ सय ६१ मानिस सङ्क्रमित भएकामा एक लाख ५० हजार ९ सय ३९ जना उपचारपछि निको भएका छन् । विश्वभर […]