रोटरीले सुरु गर्‍यो चितवनका अस्पतालमा डिसइन्फेक्सन छर्ने अभियान

भरतपुर, १७ चैत
रोटरी क्लव अफ चितवनले जिल्लाका अस्पतालहरुमा डिसइन्फेक्सन छर्न सुरु गरेको छ । कोरोना भाइरसको जोखिमलाई कम गर्न अस्पतालहरुमा डिसइन्फेक्सन छर्न सुरु गरेको क्लवले जनाएको छ ।

सोमबार चितवन मेडिकल कलेजबाट अस्पतालहरुमा छर्ने कार्यको सुरुआत गरिएको क्लवका अध्यक्ष राजु पैडेलले बताए । भरतपुर कोरोना अस्थायी अस्पताल, भरतपुर अस्पताल तथा अन्य अस्पतालहरुमा पनि डिसइन्फेक्सन छरिने क्लवका पूर्व अध्यक्ष मित्रराज दवाडीले बताए ।

चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपानेले रोटरीले सुरु गरेको कामको प्रसंशा गर्दै यो अभियानलाई सबै तिर पुर्याउनु आवश्यक रहेको बताए ।

पूर्व अध्यक्ष दवाडीका अनुसार भाइरस मार्नका लागि बनाइएको केमिकलको मूल्य प्रति लिटर २ हजार रुपैयाँ भन्दा बढी पर्छ । २ सय लिटर पानीमा एक लिटर उक्त केमिकल मिसाएर छर्नुपर्छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट