भरतपुर, १७ चैत
भरतपुर फूटबल क्लवले लकडाउनका कारण खानाबाट बञ्चित भएका परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।

दैनिक ज्यालादारी मजदुरी गरेर खानेहरुलाई लकडाउनले अप्ठेरोमा पारेका कारण सहयोग गरिएको क्लवले जनाएको छ । क्वलले भरतपुर-१० ओम शान्ति चोक र इन्द्रेणी चोक आसपासका विपन्न व्यक्तिहरुलाई सहयोग गरेको हो ।
उनीहरुलाई चामल, दाल, आलु, गुन्द्रुकलगायतका खाद्यान्न सहयोग गरेको क्लवका क्याप्टेन धुर्व भुषालले बताए ।
उनीहरुलाई क्लबबाट विभिन्न समयमा फूटबल खेलेका र अहिले अष्ट्रेलिया रहेका साथीहरुले पठाएको आर्थिक सहयोगबाट करिब २ सय परिवारलाई राहत बाँडिएको क्लबका सचिव रमेश पाण्डे विपिनले जानकारी दिए ।






