डेढ लाखभन्दा धेरैलाई निको भयो कोरोना भाइरस, इटलीका १३ हजार बढीलाई निको

काठमाण्डाै, १७ चैत
विश्वका विभिन्न देशमा अहिलेसम्म डेढ लाखभन्दा धेरै कोरोना भाइरस (काेभिड १९) सङ्क्रमित उपचारपछि निको भएका छन् ।

एक ९९ देश र दुई वटा अन्तर्राष्ट्रिय पानीजहाजमा फैलिएको कोरोनाका कारण सात लाख २० हजार ६ सय ६१ मानिस सङ्क्रमित भएकामा एक लाख ५० हजार ९ सय ३९ जना उपचारपछि निको भएका छन् ।

विश्वभर पाँच लाख ३५ हजार सात सय ९६ जनाको उपचार भइरहेकाे छ भने ३३ हजार ९ सय २६ जनाको ज्यान गएको छ ।

सबैभन्दा धेरै इटलीमा १० हजार सात सय ७९ जनाको ज्यान गएको छ । यहाँ १३ हजार ३० जनालाई निको भएको छ ।

स्पेनमा पनि ज्यान गुमाउनेको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ । स्पेनमा गएको २४ घण्टामा सबैभन्दा धेरै आठ सय २१ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या ६ हजार आठ सय तीन पुगेको छ ।

यसैगरी अमेरिकामा भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ह्वात्तै बढ्दै गएको छ । अमेरिकामा आइतबार एकैदिन साढे १७ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् । अमेरिकामा एक लाख ४१ हजार एक सय ६९ जनामा कोरोना भएको पुष्टि भएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट