काठमाडौं, १७ चैत
डलरको आकासिएको मूल्यले गर्दा सुनको भाउ प्रतितोला ८५ हजार हाराहारीमा पुगेको सुन चाँदी व्यवसायीले दाबी गरेका छन् । लकडाउनका कारण देशैभरको व्यवसाय बन्द गरेर नेपालमा सुनको भाउ नतोके पनि अन्तराष्ट्रिय बजार मूल्यले त्यही बताउने महासचिव बज्राचार्यले बताए ।

भाउमा आएको निरन्तरको उतार–चढावका कारण गत साउनदेखि नै सुन बजार अस्तव्यवस्त बनेको, तर त्यसलाई कोरोनाले थप मलजल गरेको उनले बताए । ‘भाउ नतोकेर हामीले सरकारलाई सघाएका छौँ । तर, मूल्य तोलाकै ८५ हजार पुगिसकेको छ,’ बज्राचार्यले भने ।
बजार गतिलो नभएका कारण बैंकहरुले यस वर्ष धेरै सुन आयात नगरेकाले सुनको मौज्दात नरहेको महासंघले जनाएको छ ।





