कोरोना संक्रमितको उपचारका लागि सीएमसीको शर्त ‘स्वास्थ्यकर्मीको सुरक्षाको व्यवस्था गर्नुपर्‍यो‘

भरतपुर, १७ चैत
चितवन मेडिकल कलेज(सीएमसी)ले सरकारले अनुरोध गरेमा अस्पताललाई कोरोना संक्रमितको उपचार गराउने अस्पताल बनाउन सक्ने बताएको छ । तर यसका लागि उसले स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षाको व्यवस्था गर्नुपर्ने शर्त राखेको छ ।

सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सीएमसीले पर्याप्त सुरक्षा सामग्री नदिकन कोरोना संक्रमितको उपचार गर भन्नु सैनिकलाई हतियार बिना लडाइमा जा भने सरह हुने भन्दै सिधै मृत्युकुण्डमा होमिन कोहीले पनि नचाहने उल्लेख गरेको छ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा र मनोवल उच्च राख्न सरकार चुकिरहेको भन्दै सीएमसीले यस विषयमा गम्भीर हुन सरकारलाई आग्रह गरेको छ ।

विज्ञप्ति

कोरोना संक्रमितको उपचारका लागि पहिलो ‘डेडिकेटेड’ अस्पताल सरकारी अस्पताल बन्नुपर्ने भन्दै विज्ञप्तिमा “मेडिकल कलेजहरुलाई व्याकअपको रुपमा राख्नुपर्छ” भनिएको छ । कलेजले सरकारको निर्देशन अनुसार फिवर क्लिनिक सञ्चालन गरेको र केही शैयाको आइसोलेसन वार्ड पनि तयार गरेको जनाएको छ ।

यद्यपी सरकारबाट मास्क, पीपीईलगायतका अत्यावश्यक सामग्री पनि पाउन नसकेको भन्दै सीएमसीले भनेको छ, “ती सामग्री बिना उपचार गर्न कसरी सम्भव हुन्छ ? प्रश्न जटिल बनेको छ ।”

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट