बुटवलमा मृत्यु भएका युवकमा कोरोना संक्रमण नभएको पुष्टि

बुटवल, १७ चैत
आइतबार बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

युवकको दुई पटकको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको अस्थायी अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।

पाल्पा रिब्दीकोट स्थायी घर भई बुटवल सैनामैना-४ सिसौडाडा बस्ने ३४ वर्षका बाबुराम थापा क्षेत्रीको दोस्रो स्वाब परीक्षणको रिपोर्ट सोमबार दिउँसो आएको हो ।

‘पहिलो रिपोर्ट नेगेटिभ आएपछि हामीले शंका लागेर दोस्रो पटक परीक्षणका लागि पठाएका थियौं। तर, दोस्रो रिपोर्ट पनि नेगेटिभ आयो’ डा. थापाले भने ।

ती युवकको स्वाब अस्पताल भर्ना भएको चौथो दिन मात्रै परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको थियो । शनिबारसम्म थापाको स्वास्थ्य अवस्था स्थिर रहेकोमा आइतबार बिहान श्वासप्रश्वासमा समस्या देखिएको र दिउँसो एक बजे थापाको मृत्यु भएको थियो ।

दुबईमा ट्याक्सी चालक रहेका थापा त्यहाँबाट ६ गते त्रिभुवन विमानस्थल काठमाडौं उत्रिएका र चैत ७ गते बसबाट सैनामैना आएका थिए ।

दुबईबाट ज्वरो लिएर आएका थिए कोरोना अस्पतालमा मृत्यु भएका युवक
थापालाई ज्वरो आएपछि स्थानीय आचार्य मेडिकलमा जँचाएर औषधि सेवन गरेकामा निको नभएपछि चैत १३ गते बेलुका लुम्बिनी प्रादेशिक अस्पताल आएका थिए ।

त्यहाँ सामान्य जाँचपछि बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना गरिएको थियो । मृतक थापाका एक श्रीमती र दुई छोरा छन् । थापाको शव अस्पतालमै रहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट