भरतपुर, १७ चैत
कोरोना विशेष अस्पतालको ओपिडीमा आज २८ जनाले सेवा लिएका छन् । उनीहरुमध्ये ७ जनालाई भर्ना गरिएको जानकारी अस्पतालले दिएको छ ।

यो सँगै आइसोलेसन वार्डमा भर्ना हुनेको संख्या १३ पुगेको छ । आज ११ जनाको स्वाब परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ । स्वाब संकलन गरिएकामध्ये एक पुरानो मेडिकल कलेजको पीआइसियुबाट ल्याइएका बालक भएको कोरोना विशेष अस्पतालका प्रबक्ता डा.भोजराज अधिकारीले बताए ।
यसअघि हिजो पनि अस्पतालले तीन जनाको स्वाब परीक्षणका लागि प्रयोगशाला पठाएको थियो ।





